---Advertisement---

अरिंगाल पोल्न जाँदा रुखबाट लडेर वडा सदस्यको मृत्यु

By online khaber
On: August 30, 2023 2:10 PM
Follow Us:

१३ भदौ, गोरखा । अरिंगाल पोल्न गएका आरुघाट गाउँपालिका–९ का वडा सदस्य शंकर माझीको रुखबाट लडेर मृत्यु भएको छ । मंगलबार राति नौ बजे वडा नम्बर ८ लामबगरमा अरिंगालको गोला पोल्ने क्रममा उनी रुखबाट लडेका हुन् ।

‘गोला पोल्न भनेर सिमलको रुखमा चढ्नुभएको रहेछ’, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र अधिकारीले भने, ‘पोल्ने क्रममा टेकेको हाँगा भाँचिएर लड्नुभएछ ।’

रुखबाट लडेर गम्भीर घाइते उनको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मंगलबार राति नै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । ३६ बर्षका माझी स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

वडा सदस्यको मृत्युमा दुःख व्यक्त गर्दै गाउँपालिकाले बुधबार शोक विदा दिएको छ । सूचना जारी गर्दै आरुघाट गाउँपालिकाले वुधबार गाउँपालिका कार्यालय, वडा कार्यालय, विद्यालय तथा मातहतका कार्यालय बन्द रहने जनाएको छ ।

online khaber