मानव जिवनका लागि अति आवश्यक पौष्टिक तत्वयुक्त दुध दिने गाइको संरक्षण एवम् बिश्व शान्तिको कामना गर्दै बिभिन्न धार्मिक संघ संस्थाहरुले बेनीमा शान्तिपूर्ण ¥याली निकालेका छन् । बिश्व हिन्दु महासंघको अगुवाइमा भएको गौ हत्याका बिरुद्ध निकालीएको ¥यालीमा नेपाल परोपकार महासंघ, बेनी शिवालय, गलेश्वर शिवालय क्षेत्र विकास कोष, ब्राह्माण समाजलगायतको संघ संस्थाको सहभागिता रहेको थियो ।

बेनी बजारको खुल्ला मञ्च देखि शुरु भएको ¥यालीले बेनी बजारको परिक्रमा पछि बीरेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभामा बोल्दै बिश्व हिन्दू महासंघ म्याग्दीका अध्यक्ष डण्डपाणी उपाध्यायले नेपालको राष्ट्रिय जनावर गाइको संरक्षण गरिनु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो–‘विश्वका कुनै पनि मुलुकमा राष्ट्रिय जनावरलाई मािरदैन त्यसैले संविधानले राष्ट्रिय जनावर तोकेको र मुलुकी संहिताले गौ हत्यामा कैद सजाय नै व्यवस्था गरेकोले गाइको संरक्षण गरिनु पर्छ ।’

गाइको दुध सबैका लागि सर्व गुण युक्त हुने भएकाले पनि गाइको बध गर्ने भन्दा पनि जोगाउन लाग्नु पर्ने कोणसभामा बोल्ने बक्ताहरुले बताउनुभएको थियो । सभामा विश्व हिन्दू महासंघका उपाध्यक्ष बिक्रम श्रेष्ठ, सदस्य तीलाराम थापा मगर, नगरपालिकाका अध्यक्ष टिकानन्द उपाध्याय, नेपाल परोपकार महासंघका सचिव अमृतदेवी बानियाँ लगायतले बोल्नु भएको थियो ।

Leave a Reply