अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

नेपालको चुच्चे नक्सा नदेखाएको भन्दै बालेनले गरे चीन भ्रमण रद्द

On: August 31, 2023 1:54 PM
Follow Us:

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन्। ५ दिने भ्रमणका लागि बिहीबार चीन जान लागेका शाहले चिनको प्राकृतिक स्रोत मन्त्रालयले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको भन्दै भ्रमण रद्द गरेका हुन्।

उनले लेखेका छन्,’केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ। नेपाली भूभागलाई  चीनले  नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो  संवेदनशीलतामाथि चालेको गलत कदम मानेका  छौ। त्यसैले आज मेरो, चीनको निमन्त्रणामा  हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु।’

नेपाल सरकारले २०७७ जेठ ७ गते कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ चुच्चे नक्सा सार्वजनिक गरेको थियो।सरकारले जारी गरेको नयाँ चुच्चे नक्सामा भारतद्वारा अतिक्रमित करिब तीन सय ३५ वर्गकिलोमिटर भूमि समेटिएको छ।