---Advertisement---

ओमशान्तीको रक्षा बन्धन एवं स्नेह मिलन समारोह

On: August 31, 2023 7:28 PM
Follow Us:

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र बेनीले हिन्दु धर्मावलम्बीहरूको रक्षा बन्धन अर्थात् जनपूर्णिमाको अवसरमा रक्षा बन्धन एवं स्नेह मिलन समारोहको आयोजना गरेको छ। बेनी केन्द्र प्रमुख रिना दिदीले जनपूर्णिमाको महत्वका बारेमा प्रर्वचन तथा नाडीमा राखी बाँधिदिनुभएको थियो ।

जनप्रतिनिधि, सुरक्षा निकाय, निजामति कर्मचारी सहित सर्वसाधारणलाई राखी बाँधेर नाता जोडेको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रले जनाएको छ । उक्त अवसरमा समाजलाई महिला हिंसाबाट मुक्त गरी सभ्य समाजको निर्माण गर्न रक्षा बन्धनको महत्वपूर्ण भूमिका रहेको बताइएको थियो ।

यसैबीच लायन्स क्लव अफ बेनी पिस सिटीले जिल्ला बाल संगठन अन्तरगत सञ्चालित बालगृहमा रहेका बालबालिकालाई समेत रक्षा बन्धन लगाइदिएको छ । क्लवका अध्यक्ष सन्दिप खत्री सहितको टोलीले बालगृहमा रहेका बालबालिकालाई रक्षा बन्धन सहित भोजनको ब्यवस्था मिलाएको थियो ।