घार, १४ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६ घारको भुवाने थानमा रहेको भुुवानी आधारभूत विद्यालयको कक्षा कोठा भवन जिर्ण बनेको छ ।
पर्खाल चर्किएर चिरा चिरा भएको जिर्ण भवनमा जोखिम मोलेर पठनपाठन गराउनुुपर्ने अवस्था छ । कमजोर भूूबनोट र नजिकैबाट घारखोला जलविद्युत आयोजना जलविद्युत आयोजनाको सुरुङ खन्दा चर्किएको तीन कोठे भवन अत्याधिक वर्षाका कारण भत्कने अवस्थामा रहेको प्रअ बेलबहादुुर बरुवालले बताउनुुभयो ।

“गाउँपालिका र प्रहरी चौकीबाट केही दिनअघि अनुुगमन आएर जुुनसुुकै बेला भत्कने अवस्थामा रहेको जिर्ण भवनमा विद्यार्थीलाई नराख्न भन्नुुभएको छ,” उहाँले भन्नुुभयो “अरु भवन छैन् । आर्थिक स्रोतको अभावमा नयाँ भवन र वैकल्पिक कक्षा कोठा बनाउन सकिएको छैन् ।”

दुुई कोठे भवनको एउटा कोठालाई बारेर बालकक्षा र कक्षा १ का विद्यार्थीलाई राखेर पढाउने गरिएको थियो । एउटा कोठामा विद्यालयको कार्यालय छ । जमिन लच्किएर जग र भवनको पर्खाल चिरा चिरा परेको छ । जिर्ण भवनभित्र बसेर पढ्दा विद्यार्थीहरु त्रसित हुुने गरेका छन् । कक्षा ५ सम्मको पठनपाठन हुने विद्यालयमा ४० जना विद्यार्थी छन् ।

दुुई वटा कक्षा कोठाको भवन मात्र सुुरक्षित छन् । वि.स. २०७८ मा पोखरेबगर–चित्रे सडक विस्तारका क्रममा सो विद्यालयको अर्को तीन कोठे भवन भत्किएको थियो । वडाका जनप्रतिनिधि, स्थानीयबासी र विद्यालय व्यवस्थापन समितिका पदाधीकारीहरुले गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुुग्जाली र प्रदेश सांसद हरिबहादुुर भण्डारीसँग बिहिबार नयाँ भवन निर्माणका लागि माग गरेका छन् ।

मन्त्री जुुग्जाली र सांसद भण्डारीले सो भवनको निरिक्षण पनि गर्नुुभएको थियो । उहाँहरुले गाउँपालिका, प्रदेश सरकार र दातासँग समन्वय गरेर तत्काल अस्थायी कक्षा कोठा बनाएर पठनपाठन सञ्चालन गर्ने तथा नयाँ भवन पुननिर्माणका लागि पहल तथा समन्वय गर्ने बताउनुुभयो ।

मन्त्री जुुग्जालीले यसअघि संघीय सरकारबाट भवन बनाउन रु. ३६ लाख बजेट बिनियोजन भएको तर कार्यान्वयन नभएकोमा दुुःख व्यक्त गर्नुुभयो । घारका वडा अध्यक्ष रामबहादुर खड्काले विद्यालयले साझेदारी गर्नुुपर्ने बजेट जुटाउन नसकेर भुवानी आधारभूतका लागि यसअघि आएको बजेट कार्यान्वयन नहुँदा यसपाली बजेट व्यवस्थापन गर्न पहल गरेपनि समस्या भएको बताउनुुभयो ।

Leave a Reply