म्याग्दीको बेनी नगरपालिका-२,ज्यामरुककोटबाट पोखरामा बसोबास गर्ने ज्यामरुककोटबासीको भेलाले गोपाल बहादुर घिमिरीको संयोजकत्वमा ज्यामरुककोट समाज पोखरा गठन गरेको छ ।

विभिन्न पेशा ब्यवसाय, अस्थायी र स्थायी बसोबासको सिलसिलामा पोखरामा रहेका ज्यामरुककोटबासीको एकता र सहकार्य तथा विभिन्न सामाजिक एवम् मानवीय सेवालाई प्रभावकारी बनाउन गठित तदर्थ समितिको उपाध्यक्ष तेजराज शर्मा,सचिव किरण सापकोटा, कोषाध्यक्ष शुसिला थापा रहनुभएको छ ।

त्यसैगरी कार्यसमितिको सदस्यहरूमा डोलेन्द्र खड्का,दुर्गा बहादुर घिमिरे, नारायण बहादुर कार्की, रामबहादुर खत्री, बिरेन्द्र घिमिरे, हरि कार्की र रुपा घिमिरे रहेको सचिव किरण सापकोटाले बताउनुभयो । भेलामा सहभागीले समाजमार्फत पोखरामा ज्यामरुककोटबासीलाई समस्या पर्दा सहयोगी भुमिका खेल्ने र नियमित विभिन्न कार्यक्रमहरुमार्फत समाजले जोड्ने संयोजक घिमिरेले बताउनुभयो ।

समाजले हिन्दु महिलाको पर्व तिजको अवसरमा भदौ २७ गते पोखरामा तिजको दर खाने कार्यक्रम गर्ने निर्णय गरेको छ । ज्यामरुककोटबाट उपचार तथा अन्य विभिन्न समस्यामा परेकालाई समाजमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

Leave a Reply