लायन्स क्लव महारानीको दिदीबहिनी भेटघाट तथा दर खाने कार्यक्रम

0
7

लायन्स क्लव अफ बेनी महारानीले शनिबार दिदीबहिनी भेटघाट तथा दर खाने कार्यक्रमको आयोजना गरेको छ। नजिकिदै गरेको हिन्दू महिलाहरुको महान पर्व मानिने हरितालिका तीजको अवसरमा कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमको उद्घाटन गदैं लायन्स अन्तरास्ट्रिय डिष्ट्रिक्ट ३२५ आइ नेपालकी एम्वास्टर अफ गर्भनरस संगीता श्रेष्ठले सामाजिक एवम् मानवीय सेवामा सक्रिय लायन्सले आफ्नै मौलिकता रहेको धार्मिक, सांस्कृतिक महत्व,संस्कारलाई जोगाउन कार्यक्रम गर्ने गरेको बताउनुभयो। उहाँले पर्वको महत्व साटासाट गर्न महिला दिदीबहिनीको झमघटले सामाजिक क्रियाकलापमा समेत थप उर्जा मिल्ने बताउनुभयो ।

कार्यक्रममा लायन्स अन्तरास्ट्रिय डिष्ट्रिक्ट ३२५ आइ नेपालकी जोन चियरपर्सन प्रमिला जोशी श्रेष्ठ, लायन्स क्लव अफ दोभानकी पूर्व अध्यक्ष अम्बिका श्रेष्ठ,लियो क्लव अफ बेनी महारानीकी अध्यक्ष पूर्णिमा गौचनका साथै बेनीबजारमा सक्रिय रहेका लायन्स क्लव अफ महारानी तथा विभिन्न लायन्स क्लवमा आवद्ध रहनुभएका महिला दिदीबहिनी, जनप्रतिनिधिहरुको उल्लेखीय उपस्थिती रहेको थियो ।

कार्यक्रममा सहभागी अन्य बक्ताले महिलाले पर्वको अवसरमा आयोजित कार्यक्रमले प्रोत्साहन, सम्मान र हौसला मिल्ने गरेको बताउँदै तिजलाई भड्किलो नभई सभ्य, सरल र संस्कृतीको तीज बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

म्यूजिकल चियर प्रतियोगितामा प्रथम प्रतिक्षा श्रेष्ठ, द्धितिय बिमला छन्त्याल, तातो आलु भन्ने खेलमा प्रथम सुरक्षा श्रेष्ठ र दृतिय रजनी विश्वकर्मा रहेका थिए । त्यसैगरी एकल नृत्य प्रतियोगितामा जयन्ती आचार्यलाई घोषित गरिएको थियो । त्यसैगरी सक्रिय सहभागितामध्ये नविना कार्कीलाई सम्मान गरिएको कार्यक्रम संयोजक रन्जिता भट्टचनले जानकारी दिनुभयो ।

क्लवकी अध्यक्ष जुनु उदास श्रेष्ठको अध्यक्षता, प्रथम उपाध्यक्ष चन्द्र घलेको स्वागत र कार्यक्रम सञ्चालन सचिव संगिता श्रेष्ठले गर्नुभएको थियो । दर खाने कार्यक्रमको अवसरमा महिला दिदीबहिनीले नृत्य समेत प्रस्तुत गर्नुभएको थियो ।