नेपाली लोकसंस्कृतिमा मानिएको नौमती÷पन्चेबाजा नेपालभित्रै लोपउन्मुख बाजाका रुपमा चिनिन्छ । आधुनिकरणको प्रभाव र जनशक्ती र इच्छाशक्तीको अभावले देशभित्र समेत कमै गुन्जने नौमती बाजा बेलायतमा लोकप्रिय बनेको छ ।

बेलायतमा सार्वजनिकस्थलमा गरिने कार्यक्रम, मेलापर्व लगायत ब्यक्तिगत कार्यक्रमहरुमा समेत नौमति बाजाले प्राथमिकता पाउने गरेको हो । नेपाली कला र संस्कृतिको संरक्षणमा जुटेका बेलायतमा रहेका नेपालीहरुले ब्यक्तिगत देखी सामाजिक तथा आर्थिक संकलनका कार्यक्रमहरूमा पन्चे र नौमती बाजाको प्रयोग गरेका छन् ।

यूकेमा सन् २००९ मा धौलागिरि अञ्चलको म्याग्दी, पर्वत र बागलुङका बासिन्दाले स्थापाना गरेको धौलागिरि नौमती बाजा समुहले यूकेमा दर्जनौ सार्वजनिक कार्यक्रमहरुमा  र यूरोपका विभिन्न शहरमा पुगेर समेत नौमती बाजा बजाएको समुहका अध्यक्ष बिल पुर्जा मगरले बताए ।

उनले हालै बेलायतमा सम्पन्न भएको नेपाली मेला, गोर्खा कप, नेपाली दुताबासका कार्यक्रमहरुमा समेत नौमती बाजा बजाउने अवसर मिलेको बताए । ‘बेलायतमा नेपाली बाजा लोकप्रिय बढेको छ,’हामीले बाजा बजाएर संकलन गरेको आर्थिक सामाजिक क्षेत्रमा खर्च गर्ने गरेका छौ’अध्यक्ष पूर्जाले भने ।

उनले च्यारेटी, विवाह, ब्रतबन्ध, उत्सवका साथै विभिन्न कार्यक्रमम नौमती÷पन्चे बाजाको प्रयोग हुने गरेको बताए । समुहमा आवद्ध भएकाहरूले आफ्नै ब्यक्तिगत लगानीमा बाजा खरिद गरेर सुरू गरेको अभियानमा गैरआवासीय नेपाली संघ, म्याग्दी प्रवासी नेपाली संघ, मगर संघ, तमु समाज लगायत विभिन्न जातीय संस्थाका कार्यक्रममा नौमती बाजाको प्रयोग हुन थालेपछि नयाँपुस्तालाई समेत पुराना बाजाका बारेमा जानकारी गराउन सहज भएको समुहले जनाएको छ ।

बेलायती सेना तथा विभिन्न माध्यमबाट यूकेमा पुगेका म्याग्देका मगर समुदायबाट प्रतिनिधित्व गर्नेहरु समुहमा सक्रिय छन् । नेपाली मौलिक कला र संस्कृतिलाई समुन्द्रपारी प्रवेश गराएको समुहको गतिविधिबाट नेपाली समेत उत्साहित रहेको मोना यूकेका अध्यक्ष कुमार फगामीले बताए ।

‘यूकेमा नेपाली मौलिकतामा रमाउने धेरै छन्,‘विदेशीले समेत यसलाई रुचाइरहेको देखिन्छ’ अध्यक्ष फगामीले भने ।बाजा बजाएमार्फत संकलन भएको रकमबाट आर्थिक अभावका कारण उपचारबाट बन्चित भएकको उपचारमा खातामा रहेको रकमबाट पचास पाउण्डदेखी माथि सहयोग गर्ने गरिएको छ ।

बोनम्यारो, मुटु, मृगौला, क्यान्सर, प्यारालाइजेस र अपाङता लगाएत अन्य विभिन्न रोगबाट ग्रसित भएकलाई अभियानलै चलाएर समेत सहयोग गरेका थिए । समुहले स्वर्गिय पुर्वमन्त्री गोरेबहादुर खपाङग, अनिश खालिङ, ओमकुमारी शान्ति बचाउन अभियानका साथै मोना यूकेक एम्बुसेन्स प्रोजेक्ट, गलेश्वर बृद्धश्रम, मगर संघ यूकेको हाउजिङ प्रोजेक्ट, भूकम्प पिडित च्यारेटी, बेगखोला कल्याणकारी च्यारेटी, दाना सेरोफेरो सहित दर्जनौ संघसंस्था र ब्यक्तिलाई सहयोग गरेको छ ।

Leave a Reply