मिनी टेलर मेसिन (हलो) बिग्रिएर हैरानी खेप्दै आएका धवलागिरी गाउँपालिका ७ ताकमका कृषकलाई १० दिने तालिम सुरू भएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजना, धवलागिरी गाउँपालिका र म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी इकाईकोको समन्वयमा मिनि टेलर मर्मत सम्बन्धि सिप विकास तालिम आयोजना गरिएको हो ।

तालिमको उद्घाटन गदैं पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख पोसनाथ शर्मले मिनी टेलर मेसिन जडान गरेर जग्गामा जोत्न गरेका किसानलाई मर्मतमा समेत आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको बताए ।

किसानलाई खेतबारी जोत्न सहज र समय बचत भएको मिनी टेलर बिग्रिएर निराश हुन नदिने तालिम सञ्चालन गरेको बताए। सोही अवसरमा बिशिष्ट अतिथि म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी इकाईका अध्यक्ष तेजेन्द्र थापाले गोरुबाट परम्परागत हलोले जोत्दै आएका किसानहरूलाई प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामामेसिन सञ्चालनदेखि मर्मत समेत गर्न सक्नुपर्ने बताए ।

मेसिन सञ्चालनमा आएपछि प्रत्येक किसानले आफूले मेसिन चलाएको तर मर्मतमा समस्या भएको अवस्थामा तालिमले सहज भएको बताएका छन् । सोही अवसरमा बोल्ने अन्य बक्ताले किसानलाई उन्नत प्रविधिबाट खेती प्रणाली गर्न, उत्पादन वृद्धि गर्न र कम समय र परिश्रमबाट खेतीपाती गर्नका लागि यो प्रविधि सहयोग गरेको बताएका छन् ।

तालिमको अध्यक्षता वडा अध्यक्ष अशोक खत्री, स्वागत वडा सदस्य राम बहादुर केसी र सञ्चालन म्याग्दी उवासंघ धवलागिरी इकाई उपाध्यक्ष नरेश पौडेलले गरेका थिए । तालिमको उद्घाटन समारोहमा ताकम प्रहरी इन्चार्ज रमेस प्रसाद अधिकारी, मिनि टेलर बनाउन सिकाउने प्रशिक्षक इश्वर शर्मा लगायत स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

Leave a Reply