विश्वभर रहेका म्याग्देली बिचको एकता र सहकार्यलाई बलियो बनाउनुपर्ने जापानमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) जापानले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा प्रवासमा रहेका म्याग्देलीहरू बिच नियमित सम्पर्क हुने माध्यम मोना भएकाले संस्थागत गतिविधिका साथै मोनामा आवद्ध भएर विभिन्न कार्यहरु गर्नुपर्ने बताइएको थियो ।

जापान भ्रमणमा रहेका मोना आईसीका सचिव एबम मोना दक्षिण कोरियाका अध्यक्ष सुनेश केसीलाई स्वागत गर्ने आयोजित कार्यक्रममा मोना आइसीका बरिष्ठ उपाध्यक्ष ददिवल खड्का,मोना जापानका सल्लाहकार तिलक मल्ल लगायतले मोनाका अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका थिए ।

सोेही अवसरमा मोना जापानका नवनिर्वाचित अध्यक्ष बिशाल केसीले अतिथिको स्वागत तथा संस्थागत गतिविधिका साथै सामाजिक एवम् मानवीय सेवामा समेत निरन्तर सक्रिय हुने बताएका थिए ।

सिन्जुकु सिनोओकुबु स्थित खाजा घरमामा आयोजित कार्यक्रममा मोना आइसीका सचिव केसीले आसन्न मोनाको महाधिवेशनलाई सहमित र सहकार्यको महाधिवेशन बनाउनुपर्ने र साझा एजेण्डामार्फत कर्मभुमि र जन्मभूमीका आवश्यकता र समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताए । स्वागत तथा भेटघाट कार्यक्रमको अध्यक्षता मोना जापानका अध्यक्ष केसी, स्वागत सल्लाहकार मल्ल र सञ्चालन महासचिव सागर कार्कीले गरेका थिए ।

Leave a Reply