बेनी नगरपालिका-८ अस्पताल चोकमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका दुईवटा पसलको कच्ची संरचना हटाइएको छ । बेनी नगरपालिकाले बजारभित्र बषौंदेखि अतिक्रमण गरी मनपरी बनाइएको संरचना हटाउन पटक–पटक जारी गरिएको सार्वजनिक सूचना तथा निर्देशनको अवज्ञा गरेपछि भत्काएको हो।

अस्थायी सटर भत्काएको ठाउँमा पार्किङस्थल बनाइने नगर प्रमुख सुरत केसीले बताए । ‘यो अभियान निरन्तर रहन्छ,‘अतिक्रमण हटाउने र संरक्षणको अभियानलाई सघाउन अनुरोध गरेका छौ’मेयर केसीले भने। उनले नगरपालिका भित्र सार्वजनिक स्थानमा बनेका संरचनाहरू हटाएरै छोड्ने बताए ।

सार्वजनिक जग्गामा भाडामा बसेका व्यवसायीको सम्झौता म्याद सकिएपछि थप गरिएको छैन्। जिल्ला प्रशासन र नगरपालिका कार्यालय अगाडिका १५ वटा सटर र टङ्की हटाइएको छ भने ठेलामा फलफूल व्यवसाय गर्दै आएकाहरूलाई समेत नियमन गरिएको छ ।

अस्थायी संरचना हटाएका क्षेत्रमा पार्किङस्थल तथासडक विस्तार, ढलान, ढल व्यवस्थापन र नाली निर्माण गरिएको छ । सडकमा आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले व्यवसायीलाई अस्थायी टहरा, सटर, टङ्की र ठेला हटाउन नगर प्रहरीले सक्रियता देखाएको छ ।

Leave a Reply