म्याग्दीको बेनी नगरपालिका वडा नं १ रत्नेचौरस्थित भानु माविको आधारभुत तहमा अध्ययनरत विद्यार्थीलाई श्री भिमकुमारी महतको स्मृतिमा स्थापित अक्षयकोषले स्कुल झोला वितरण गरेको छ । कोषमार्फत सामाजिक एवम् मानवीय सेवामा सक्रिय इशा फाउण्डेशन अमेरिकाले विद्यालयमा कक्षा १–५ मा अध्ययनरत २१ जना विद्यार्थीलाई झोला वितरण गरेको थियो।

समाजसेवी इ्न्द्र थापा र सबी थापा संस्थापक रहेको फाउण्डेशनले सोही अवसरमा कक्षा ६–१२ मा आयोजित हस्तलेखन प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने विद्यार्थीलाई समेत नगद सहित पुरस्कार वितरण तथा विद्यालयलाई समेत ६ हजार बराबरको सहयोग हस्तान्तरण गरेको कोषका सचिव एकेन्द्र बहादुर महतले जानकारी दिनुभयो ।

सहयोग हस्तान्तरण गदैं वडा अध्यक्ष टेकबहादुर थापाले सामुदायिक विद्यालयका विद्यार्थीलाई सरकारी स्रोतबाट मात्रै सम्भव नभएकाले ब्यक्तिगत तथा संस्थागत सहयोग आवश्यकता रहेको बताउनुभयो । हरेका सामुदायिक विद्यालयमा कमजोर नजिता आउनुमा विद्यार्थीसँग शैक्षिक सामग्रीको अभाव हुनु पनि कारण रहेकाले प्राप्त सहयोगलाई सदुपयोग गर्नुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रमका सभापति कोषका सदस्य मोहन कुमार महत, सञ्चालक प्रअ दिनेश बोगटी, स्वागत मन्तब्य कोषका सचिब एकेन्द्र बहादुर महतले गर्नुभएको थियो । कोषका एवम् इशा फाउण्डेशनका संस्थापक सबी थापाले म्याग्दी तथा विभिन्न जिल्लामा विपन्नको उपचारका साथै अभिभावक विहिन बालबालिकालाई समेत अभिभावकत्व ग्रहण गरी शिक्षादीक्षा दिनुभएको छ ।

Leave a Reply