---Advertisement---

छोरीको जन्मदिनमा बिमा पोलिसी उपहार

On: September 5, 2023 9:42 PM
Follow Us:

विभिन्न पार्टी तथा खानपानमा फजुल खर्च गर्न भन्दा जीवनकै सहारा हुने कार्यमा पैसा जम्मा होस भन्ने ध्येयका साथ आफ्नी छोरीको जन्मदिनको अवसर पारेर म्याग्दीका एक जोडी बाबाआमाले जीवन बिमाको पोलिसि उपहार दिनुभएको छ ।

मंगला गाउँपालिकाको बरंजा घर भै बेनी नगरपालिका–८ मा व्यवसाय मनकामना बेकरी उद्योग सञ्चालन गर्दै आउनु भएका दुर्गालाल कँडेल र राधिका कँडेलले आफ्नी छोरीको १३ औं जन्मदिनको अवसरमा बिमा पोलिसि उपहार दिनुभएको हो ।

छोरी प्राप्तीको जन्म दिनको अवसर पारेर रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बिमा पोलिसि उपहार स्वरुप बाबाआमाले छोरीलाई प्रदान गर्नुभएको कम्पनिका धौलागिरी एरिया म्यानेजर देवेन्द्र घिमिरेले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘कम्पनिको बेनी शाखाले आयोजना गरेको जन्मदिनको शुभकामना कार्यक्रममा पोलिसि हस्तान्तरण गरिएको हो ।’स्थापना भएको छोटो समयमै उत्कृष्ट कार्य गर्न सफल रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १२ वटा इन्स्योरेन्स प्लान सञ्चालन गरिरहेको घिमिरेको भनाई छ ।

उहाँका अनुसार रिलायवल लाइफ इन्स्योरेन्सको हाल देश भर ९२ भन्दा धेरै शाखामा २१ हजार भन्दा धेरै एजेन्टहरुलेले काम गरिरहेका छन् । त्यस्तै नेपालमा सञ्चालनमा रहेका कुल १४ वटा जीवन बिमा कम्पनिहरु मध्ये ३६ प्रतिशत भन्दा धेरै बिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबाट भएको उहाँको भनाई छ ।