म्याग्दीको मंगला गाउँपालिका-५,अर्मन टिकावाङका १६ वर्षीय रविन विक बेपत्ता भएका छन् । सदरमुकाम बेनीस्थित मंगलाघाटमा बस्दै आएका विक ५ दिनदेखि परिवारको सम्पर्कमा छैनन् । माउण्ट एभरेष्ट आवासीय माविमा कक्षा ९ मा अध्ययनरत विक गएको भदौ १५ गतेदेखि कोठाबाटै बेपत्ता भएको उनका मामा कुमार किसानले बताए ।

‘खोजतलास गर्दा समेत भेटिएको छैन,विहान नियमित फुटबल खेल्न जाने साथीहरुसँग समेत भेटिएनन्’ किसानले भने । कोठमा दिदी रविनासँग बस्ने रविन भदौ १५ गते विहान ७ बजेसम्म सम्पर्कमा रहेको र फुटबल खेल्न जाने भन्दै पैसा मागेपनि विहान ८ बजेदेखि मोवाइल समेत अफ भएको आफन्तको भनाई छ ।

सम्पर्कविहीन भएका रविनका आफन्त तथा परिवारजनले खोजी गरिदिन अपिल गरेका छन् । उनको परिवारले खोजतलास गरिदिन प्रहरीमा निवेदन दिएका छन् । बेपत्ता भएका रविनका बुबा बैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् ।

Leave a Reply