म्याग्दीको मंगला गाउँपालिका-२,बाबियाचौर लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा १३ बर्षदेखि कार्यालय सहयोगीका रुपमा कार्यरत सालिगराम पाध्यायलाई एक कार्यक्रमका बीच सम्मान सहित बिदाई गरिएको छ ।

मंगला–२ सल्यानका पाध्यायले कार्यालय सहयोगीको रुपमा कार्यरत हुर्दा निस्वार्थ, लगनशील, इमान्दारितापूर्वक निभाएको भन्दै बक्ताहरुले प्रशंसा गरेका थिए ।

विदाई कार्यक्रमका प्रमुख अतिथि मंगला गाउँपालिकाका अध्यक्ष एवम् क्याम्पसका संरक्षक सतप्रसाद रोकाले बाँकी जीवन सुखमय र निरोगी रहोस् भनी शुभकामना व्यक्त गर्दै एक जोसिलो र इमान्दार कर्तव्यनिष्ठ कर्मचारी रहेको भन्दै प्रशंसा गर्नुभएको थियो ।

उहाँले सम्मानपत्र, दोसल्ला ओडाई सम्मान गदैं क्याम्पसमा कार्यरत सहायक प्रध्यापकहरूको तर्फबाट ४० हजार, क्याम्पसकबाट १० हजार र सञ्चालक समितिको तर्फबाट २५ हजार गरी नगद ७५ हजार रुपियाँ हस्तान्तरण गरिएको थियो।

सम्मान तथा विदाई कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले उमेर हदका कारण कार्यालय सहयोगीको जिम्मेबारीबाट विदाई गरिएपनि यो बिदाई गरेको नभई सम्मान प्रकट गरेको रुपमा लिनुपर्ने बताउनुभयो ।

कार्यालय सहयोगी पाध्यायको योगदानलाई सधै सम्मान गर्ने र क्याम्पस सधै नजिक भएर साथ र सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

सहयोगी पाध्याय बि.संं २०६७ असार १ गतेदेखि २०८० भदौ १४ गतेसम्म कार्यरत रहनुभएको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले जानकारी दिनुभयो । सम्मान तथा विदाई कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्यहरू, प्रध्यापक संघ मंगला शिक्षा क्याम्पसका अध्यक्ष कलमबहादुर भण्डारी, मंगला शिक्षा क्याम्पसकी स्ववियू सभापति भिममायाँ रोका लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply