बरंजा–भकिम्ली माइती कुतुम्ब समाजले विपत ब्यबस्थापन अक्षय कोषको सहयोगार्थ दोश्रो पुरुष ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको छ ।

म्याग्दी जिल्ला स्थित बरंजा र भकिम्ली गाँउबाट स्थायी तथा अस्थायी रुपमा काठमाण्डौ उपत्यकामा बसोबास गर्नेहरुको साझा संस्था समाजले गत वर्षदेखी महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्षमा भाद्र २९ र ३० गते दोस्रो पुरुष ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक अर्जुन छन्त्यालले बताए ।

प्रतियोगितामा प्रथम ४० हजार, द्धितिय २५ हजार र तृतिय १० हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिने संयोजक छन्त्षालले बताए । प्रतियोगितामा उत्कृष्ट टिमलाई ५ हजार र उत्कृष्ट खेलाडीलाई ३ हजार नगद पुरस्कार रहेको जनाइएको छ ।

कुल ३० टिमको सहभागिता हुने अनुमान गरिएको प्रतियोगितामा कुल २ लाख ५० हजार खर्च हुने र अनुमानित सहयोग संकलन ४ लाख रहेको समाजका अध्यक्ष कमलराज पुनले बताए ।

समाजले काठमाण्डौ उपत्यकामा बसोबास गर्नेहरुलाई उपचार, प्राकृतिक विपत्तीमा परेका, विभिन्न सामाजिक एवम् मानवीय सेवामा सहयोग गर्ने गरेको छ ।  ‘समाज एकजुट भएर दुःख र सुखका क्षणहरु साटासाट गर्ने गरेको छ,‘प्रतियोगिताबाट बचत भएको सबै कोषमार्फत सामाजिक क्षेत्रमा खर्च हुन्छ’ पुनले भने ।

करिब एक दशक अघि बरंजा–भकिम्ली माइती कुतुम्ब समाज काठमाण्डौैंले थुप्रै सामाजिक कार्यहरु गर्दै आएको बताए । यसैबीच प्रतियोगिताका हिरालाल रोका, विशाल रोका, बिरु श्रीष, नरकाजी थापा, दिल बुढाथोकी, नबिन बुढाथोकी, टक थापा, तेजिन्द्र रोका, पक थापा र दिपक आचार्य ब्यवस्थापन समितिमा रहेका छन् ।

Leave a Reply