हिन्दू धर्मावलम्बीहरुको पवित्र चाड कृष्णाष्टमीको अवसर पारेर म्याग्दीको बेनीमा विद्यार्थीहरुले भगवान श्रीकृष्णको बाल रुप सहितको रथयात्रा गरेका छन् । बेनी बजारको लिटिल गार्डेन एकेडेमीका विद्यार्थीहरुको अग्रसरतामा कृष्णाष्टमीको अवसरमा श्रीकृष्णको रथयात्रा गरीएको हो ।

विद्यालयका बालबालिकाहरु राधाकृष्णको रुपमा सजिएर बेनी बजारको परिक्रममा गरेका थिए । विद्यालयका प्रिन्सिपल दिपक सुवेदीले बालबालिकालाई आफ्नो आस्था जगाउनुका साथै परम्परालाइ निरन्तरता दिनका लागि पनि रथयात्रा आयोजना गरिएको बताउनुभयो । उहाँले थप्नुभयो–‘विद्यार्थीले तयारी गर्नुभयो अनि हामीहरुले समन्वय गरेका हौं ।’

यसैबीच नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ(इस्कोन) म्याग्दीले पनि जिल्ला समन्वय समिति म्याग्दीको सभाहलमा कृष्णाष्टमीको पुजा शुरु गरेको छ । संघले कृष्णाष्टमीको पूर्वसन्ध्यामा बुधबार किर्तन सहित बेनी बजार परिक्रमा गरेर कृष्णाष्टमीको निमन्त्रणा गरेको थियो । भजन किर्तन सहित बजार परिक्रमा गर्न निस्केको इस्कोनको टोलीले भजन र नृत्य प्रस्तुत गर्दै निमन्त्रणा कार्ड वितरण गरेको इस्कोन म्याग्दीका अमर कटुवालले बताउनुभयो ।

Leave a Reply