विगत ६ दिनदेखि  बेपत्ता भएका म्याग्दीको मंगला गाउँपालिका-५,अर्मन टिकावाङका १६ वर्षीय रविन विकको शब  पर्वतको लस्तीस्थित कालिगण्डकीको बगरमा भेटिएको छ ।

सदरमुकाम बेनीस्थित मंगलाघाटमा बस्दै आएका विक ६ दिनदेखि परिवारको सम्पर्कमा थिएनन् । माउण्ट एभरेष्ट आवासीय माविमा कक्षा ९ मा अध्ययनरत विक गएको भदौ १५ गतेदेखि कोठाबाटै बेपत्ता भएपछि खोजीकार्य तिब्र पारिएको थियो ।

मृतक विकको शब पर्वतको लस्तीस्थितको किनारामा भेटिएपनि लगाएको कपडा बेनी नगरपालिका वडा नं १ कालिगण्डकी नदीको किनारामा भेटिएको परिवारका सदस्यले बताएका छन् । मृतकको शव पोष्टमार्टमा लागि बेनी अस्पतालमा ल्याइएको आफन्त मनबहादुर किसानले जानकारी दिए ।

घटनास्थलको अवस्था हेर्दा आत्महत्या गरेको जस्तै देखिएपनि पोष्टमार्टम रिर्पोटबाट मात्रै थप खुल्ने बताइएको छ । दिदी रविनासँग बस्ने रविन भदौ १५ गते विहान ७ बजेसम्म सम्पर्कमा रहेकोमा विहान ८ बजेदेखि मोवाइल समेत अफ भएको बताइएको छ ।

Leave a Reply