नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववीयू क्रान्तिकारी म्याग्दीको सम्मेलन आयोजक समिति गठन भएको छ । बेनीमा शुुक्रबार भएको संगठनको म्याग्दी जिल्ला कार्यालयको विस्तारित बैठकबाट सन्दिप खत्रीको संयोजकत्वमा ५१ सदस्यीय १८ औ जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको हो ।

बैठकले म्याग्दीका क्याम्पस र शैक्षिक संस्थाहरुमा संगठन पुुर्नगठन अभियान चलाउने र छिट्टै जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । अनेरास्ववीयू क्रान्तिकारीका गण्डकी प्रदेश अध्यक्ष सुदिन पौडेल, नेकपा माओवादी केन्द्रका विद्यार्थी फ्याक्सन ईञ्चार्ज कुशल पौडेल लगायतको उपस्थितिमा बैठक बसेको थियो । पौडेलद्धयले विद्यार्थीका समस्या पहिचान गरि त्यसको समाधानका लागि पहल कदमी लिदै सदस्यता र संगठन विस्तारमा जोड दिनुुभयो ।  

Leave a Reply