म्याग्दीको सदरमुकाम बेनीमा शनिबारदेखि अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिता सुरू भएको छ । न्यू दोभान युथ क्लवले पूर्व अध्यक्ष स्वर्गिय अनन्त गिरीको स्मृतिमा ’९ ए साइड’ फुटबल प्रतियोगिताको बेनी नगरपालीकाकी उपमेयर ज्योति लामिछानेले उद्घाटन गर्नुभयो ।

प्रतियोगिताको उद्घाटनमा उपमेयर लामिछानेले खेलकुद प्रतिभा प्रस्फुटनका साथै आफ्नो ठाउँ र देशलाई चिनाउने माध्यम भएको बताउनुभयो । विद्यालयस्तरमा हुने खेलकुदले प्रतिभाको खोजीमा सहज हुने उपमेयर लामिछानेको भनाई थियो ।

विद्यालयस्तरका हरेक खेलमा छात्रसरह छात्रालाई समेत अवसर दिनुपर्नेेमा उहाँको जोड थियो । उद्घाटन कार्यक्रममा बेनी नगरपालिकाका प्रबक्ता एवम् वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले छात्रा फुटबल प्रतियोगिताबाट पहिचान भएका खेलाडीलाई अवसर दिनुपर्ने बताउनुभयो ।

त्यस्तै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले मन्तब्य राख्नुभएको थियो । विद्यालयस्तरमा छात्रातर्फको फुटबल प्रतिभाको उजागर गर्ने उदेश्यले क्लवले भदौ २३ गतेदेखि २६ गतेसम्म प्रतियोगिताको आयोजना गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेल बेनी आवासीय र बेनी सामुदायिक मावि बिच भइरहेको छ । प्रतियोगितामा प्रथम र द्धितिय पुरस्कार क्रमश ४५ हजार, २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र सहित पुरस्कारको ब्यवस्था रहेको छ ।

छात्राहरुलाई फुटबल खेलप्रती आकर्षित गर्ने उद्देश्यले उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई क्रमश ३ हजार नगद र अनुशासित टिमलाई ५ हजार नगद पुरस्कार समेत रहेको क्लवका अध्यक्ष उपेन्द्र गिरीले बताउनुभयो । कार्यक्रमको अध्यक्षता अध्यक्ष गिरी, स्वागत उपाध्यक्ष विनोद घर्ती र सञ्चालन सुमित सुबेदीले गर्नुभएको थियो । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

Leave a Reply