म्याग्दी बहुमुखी क्याम्पसमा जिल्लामै पहिलोपटक इथिकल ह्याकिङ तथा वेभ डिजाइन सम्बन्धि वर्कशप आयोजना हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) को आयोजना र सूचना तथा प्रविधि शिक्षा (बीआईसीटीई) का विद्यार्थीको प्राविधिक सहयोगमा भदौ २५ देखि २७ गतेसम्म तीनदिने वर्कशप हुने भएको हो ।

वर्कशपमा इथिकल ह्याकिङ, वेभ डिजाइनतथा साइबर सेक्युरिटीको परिचय, भिन्नता, स्कोप, इथिकल ह्याकिङ ट्रिक्स,
लगायतको विषयमा वर्कशप सञ्चालन गरिने म्याग्दी बहुमुखी क्याम्पस आइसिटी क्लवका विवेक सापकोटाले बताए । उनका अनुसार साइबर आक्रमणबाट हुने गोपनीयता उल्लघंन र डेटा चोरीजस्ता गतिविधिलाई रोक्न प्राविधिक ज्ञानको आवश्यकता रहेको बताए ।

इथिकल ह्याकिङ एक प्रकारको साइबर आक्रमण भएकाले कुनै समस्याहरू देखिएमा पत्ता लगाएर त्यसलाई सुधार्ने काम गर्ने सापकोटाको भनाई छ । क्यान गण्डकी प्रदेश कोषाध्यक्ष बामदेव रिजालले म्याग्दी जिल्लामा सूचना तथा प्रविधिका विषयमा अध्ययन गर्ने विद्यार्थीहरुसँग सहकार्य गरी इथिकल ह्याकिङ अन्तर्गत सूचनाहरू संकलन गर्ने, समस्याहरू सम्बन्धित संस्था अथवा सरोकारवालालाई जानकारी गराउने र कमजोरी कसरी समाधान गर्न सकिन्छ भनेर सुझाव दिने वर्कशप भएको बताए । सहभागीलाई प्रतिस्पर्धा गरी उत्कृष्टलाई पुरस्कार समेत ब्यवस्था मिलाइएको छ ।

Leave a Reply