म्याग्दीको मंगला गाउँपालिका-१ भर्जुलामा भदौ महिनामै सुन्तला पाकेको छ । स्थानीय बमबहादुर शेरपुञ्जाको बगैचामा जापानी प्रजातिको मेगावासे सुन्तला सुन्तला पाकेपछि बिक्रीको तयारी गरेका छन् । सुन्तला उत्पादनका लागि उपयुक्त हावापानी भएको भर्जुलामा २५ वटा बोटमा फलेको सुन्तला बिक्री गर्ने तयारी गरेको कृषक शेरपुञ्जाले बताए ।

‘बेमौसममा फलेका कारण बजारको अभाव छैन, अब बिक्रीको तयारी गरेको छु,‘परीक्षण बोटले नै ब्यवसायिक उत्पादन दिएको छ,’ कृषक शेरपुञ्जाले उनले भने ।

उनले प्रति केजी साढे दुई सयसम्म बिक्री हुने मेगावासे जातका सुन्तलाका दाना ठूल्ठूला र निकै स्वादिला हुने बताए । गाउँघरमा पहिलोपटक उत्पादन भएकाले घरायसी र आफन्तलाई कोशेलीको रुपमा समेत दिने गरेको बताए ।

करिब २ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका शेरपुञ्जाले आगामी बर्ष साउन महिनाको अन्तिम सातादेखि नै पाक्न सुरू गर्ने भएकाले नर्सरी नै बनाएर थप सुन्तलाको बोट विस्तार गर्ने बताए ।

‘मौसमी र बेमौसमी सुन्तला उत्पादनको पकेट क्षेत्र बनाउने योजना छ,‘असोजमा पाक्ने धनकुटाको स्थानीय जातको खोकु र जापानीज मिनुवासे प्रजातिको सुन्तलाले समेत फलेको छ’ कृषक शेरपुञ्जाले भने ।

कलमी गरेर थप सुन्तलाको बोट गाउँभरी विस्तार गर्ने उनको योजना छ ।भर्जुला कृषि सहकारी संस्थाका अध्यक्ष समेत रहेका शेरपुञ्जाले भने । शेरपुञ्जाको फार्ममा ड्रागन फ्रुट, एभोकाडो, अङ्गुर, जापानीज जुनार लगायतका फलफूल समेत उत्पादन हुन्छ ।

स्नातकोत्तरसम्मको अध्ययन गरेका शेरपुञ्जाले आधुनिक कृषि पेशा अपनाएको स्थानीय बालोदय आधारभुत विद्यालयका शिक्षक मनकुमार जुग्जालीले बताए। उनले गाउँका अगुवा कृषक शेरपुञ्जाले बेमौसमी तथा आधुनिक प्रजातिका फलफूल गाउँमा भित्राएको बताए । यता वडा अध्यक्ष एकजित रोकाले वडाभित्र सुन्तलाखेतीमा व्यावसायिकरुपमा लागेका कृषकलाई प्रोत्साहन गर्ने बताए ।

गाउँपालिकाको कृषि शाखा र कृषि ज्ञान केन्द्रबाट बेमौसमी सुन्तला खेतीको सम्भावनाका बारेमा थप जानकारी लिएर भर्जुला सहित उपयुक्त हावापानी हुने क्षेत्रमासुन्तलाखेती विस्तारका लागि बगैँचा व्यवस्थापन, रोग किरा व्यवस्थापन, निःशुल्क बिरुवा वितरण लगायतका प्राविधिक सहयोग गरिने बताए । म्याग्दीमा बर्षेनी कराडौको सुन्तला उत्पादन हुन्छ ।

 

Leave a Reply