पर्वतको जलजला गाउँपालिका मिलनचोकमा रहेको कृष्णगंगा बहुउद्देश्यीय सहकारी संस्थाले १५ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार सम्पन्न भएको सहकारीको साधारणसभाको उद्घाटन गदैं जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले सबै सहकारी एउटै नभएकाले समस्या देखिएका सहकारीहरुमा मात्रै सुधारको आवश्यकता रहेको बताए । उनले पछिल्लो समय सहकारीहरुमा देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

उनले सबै सहकारी समस्यामा नरहेको तर केही सहकारीका कारण शेयर सदस्य र बचतकर्ता अलमलमा परेको बताउँदै सहकारी शिक्षालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

साधारणसभामा बोल्ने अन्य बक्ताले सहकारीमार्फत सदस्यको सेवामा सक्रिय हुनुपर्ने बताएका थिए । साधारणसभाको अवसरमा असलकर्जा तर्फ जलजाल–४ मोहनचोकका डिल कुमारी सार्की, जलजाल–४ लामाबगर देवी दर्जी, दैनिक बचत तर्फ जलजाल–७बास्बोटका नवराज आचार्य, जलजाल–७ सल्याका भिमलाल शर्मा, जलजाल–७लस्ती मन बहादुर चोचाङ्गीलाई करुवा, सम्मापत्र र नगदले सम्मान गरिएको थियो ।

त्यस्तै बालबचत तर्पm जलजाल–७ सल्यानका समिप आचार्य, जलजाल–७ बास्बोट रोहन आचार्य, जलजाल–४ मोहनचोक दिप्रीती जिसी, जलजाल–८ लस्तीका शाहिना पुन रहेका छन् ।

त्यस्तै रेमिट्यान्स तर्फ उत्कृष्ठ कारोकार गर्ने जलजाल–७ सल्यान गंगा बिक असाहायअपाङ्ख परिवारको गरिव जेहेन्दार बिधार्थी हाल जलजाल–४ मोहनचोक लुङ्दी आधारभुत बिधालयमा अध्यानरत सुस्मिता परियार लाई पोसाक, झोला,स्टेशनरी सामाग्री र नगद वितरण गरिएको सहकारीका प्रबन्धक ओमप्रसाद शर्माले बताए । सोही अवसरमा एसइईमा उत्कृष्ट जिपिए ल्याउने जनक आचार्य र स्नातकोत्तरमा उत्कृष्ट जिपिए ल्याउने सुनिल शर्मालाई लाई करुवा,सम्मानपत्र, नगदले सम्मान गरिएको थियो ।

सहकारीका अध्यक्ष गोविन्दराज जैसीको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा स्वागत उपाध्यक्ष लाल उपाध्याय, मन्तब्य लेखा समिति संयोजक रामप्रसाद अधिकारी, कोषाध्यक्ष बमबहादुर बरुवाल र सचिव भोजराज आचार्यले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा सल्लाहकार जमुना आचार्य र सेयर सदस्य गौरीश्वर पौडेलले बोलेका थिए । कुल ३ करोड ३८ लाख ९ हजार शेयर रहेको सहकारीमा बचत १५ करोड ४६ लाख १९ हजार, कर्जा लगानी १८ करोड ९३ लाख ८५ हजार रहेको छ । सहकारीमा ९५९ जना सेयर सदस्य रहेका छन् ।

Leave a Reply