म्याग्देली कलाकार संघले काठमाडौमा म्याग्दीको कला संस्कृतीको जर्गेनामा सक्रिय बनेको छ । म्याग्दीबाट काठमाण्डौमा पुगेका म्याग्देली कलाकारहरुले स्थापना गरेको संस्थामार्फत कला र संस्कृतिसँगै म्याग्देली जोडिएका विभिन्न कार्यहरुमा सक्रिय सहभागिता जनाउने गरेको छ।

‘म्याग्दीको कला संस्कृती म्याग्दीको शान राष्ट्रको पहिचान’अग्रजलाई सम्मान नव प्रतिभालाई प्रोत्साहन भन्ने नारा सहित शनिबार आयोजना गरेको कार्यक्रमको उद्घाटन गदैं गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले म्याग्देलीको एकता र सहकार्यले समृद्ध म्याग्दी बनाउने अभियानमा बल पुग्ने बताए ।

सोही अवसरमा म्याग्देली कलाकार संघले काठमाडौमा नौमति बाजा शुुरु समेत गरेको छ । संघका अध्यक्ष लाली बुुढाथोकीले म्याग्दीको कला र संस्कृतिको प्रचारप्रसार तथा नयाँ प्रतिभाको पहिचान प्रमुख उदेश्य रहेको बताईन् । संघको कार्यक्रमहरुले म्याग्देलीलाई एकता र सहकार्यको अभियानमा जोडेको अध्यक्ष बुढाथोकीको भनाई छ ।

शनिबारको कार्यक्रम सघका महासचिव राम गगनको सञ्चालन र उपाध्यक्ष मिना गर्बुुजाको स्वागतमा सम्पन्न कार्यक्रममा एनआरएनए युुकेका कोषाध्यक्ष तेजिन्द्र रोका, कलाकार नरबहादुर वि.सी लगायतले शुुभकामना मार्फत संघको प्रशसा गरेका थिए । सोही अवसरमा सष्टा सम्मान सहित विभिन्न क्षेत्रमा योगदान दिएकालाई सम्मान समेत गरिएको थियो ।

Leave a Reply