---Advertisement---

बहिरा विद्यार्थीलाई मोना बेल्जियमले कम्प्युटर र कलर प्रिन्टर सहयोग

On: September 12, 2023 12:26 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका-४ सिंगा स्थित धौलागिरि माध्यमिक विद्यालयलाई कम्प्युटर र कलर प्रिन्टर सहयोग गरिएको छ। म्याग्दी प्रवासी नेपाली संघ मोना बेल्जियमले विद्यालयमा सञ्चालित बहिरा स्रोत कक्षाका विद्यार्थीलाई सांकेतिक भाषा सिक्न करिब १ लाख बराबरको सहयोग गरेको हो ।

मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रममा मोना बेल्जियमकी महिला उपाध्यक्ष ज्ञानुकुमारी बरुवाल र शिक्षा विकास समन्वय इकाई प्रमुख दलबहादुर थापाले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अणबहादुर खड्का (भगवान, प्रधानाध्यापक भुवनप्रसाद रेग्मीलाई संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि इकाई प्रमुख थापाले स्रोत कक्षामा रहेका विद्यार्थीलाई सांकेतिक भाषालाई कम्प्युटरको माध्यमबाट समेत सिक्न सहज हुने बताउनुभयो । उहाँले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि कम्प्युटरले ठूलो सहयोग पुग्ने र विद्यार्थीको सिकाई प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

सोही अवसरमा मोना बेल्जियमकी उपाध्यक्ष बरुवालले आधुनिक युगमा विद्यालयमा कम्युटर शिक्षाको आवश्यकता रहेको बताउँदै कम्युटर सहयोग गरेको बताउनुभयो । मोना बेल्जियमले आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।

विद्यार्थीले आफूलाई प्रविधिमा ढाल्नका लागि कम्प्युटरले सहयोग पुग्ने उपाध्यक्ष बरुवालको भनाई थियो ।स्रोत कक्षामा अहिले १३ जना बहिरा विद्यार्थीहरु अध्ययनरत रहेका छन्विद्यालय व्यवस्थापन समितीका अध्यक्ष खड्काको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्त्रण कार्यक्रमको स्वागत स्रोत कक्षा समन्वयकर्ता लक्ष्मीदेबी श्रेष्ठ, सञ्चालन पूर्व प्रध्यानध्यापक केशवप्रसाद रेग्मीले गर्नुभएको थियो ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।