रोजगारीका लागि भारतीय गो फर्स्ट एयरलाइन्सबाट माल्दिभ्स उडेका म्याग्दीका एक यूवा भारतको मुम्बई अन्तराष्ट्रिय विमानस्थलबाट बेपत्ता भएका छन् । म्याग्दीको बेनी नगरपालिका–६, डम्बराका ३६ बर्षिय डानबहादुर खत्री दुई दिनदेखि सम्पर्कविहिन भएका हुन् । काठमाण्डौबाट माल्दिभ्सका लागि खत्री सहित ९ जना उडेका थिए । करिब १७ घण्टाको ट्रान्जिटको क्रममा अचानक बिरामी भएपछि विमानस्थल नजिकैको स्वास्थ्य संस्थामा लगिएको बेपत्ता भएका खत्रीसँगै गएका रुपेश केसीले बताए ।

‘अचानक बिरामी भएपछि उपचारका लागि लगेको ठाउँबाटै सम्पर्कविहिन हुनुभएको छ,‘बाँकी हामी सबै माल्दिभ्स आइपुगिसकेका छौ’केसीको भनाई उद्धित गदैं डम्बराका बिशाल खत्रीले भने । खत्रीका अनुसार उपचारका लागि लगेको स्थानबाट भागेको भनेपछि थप खोजीकार्य भइरहेको बताए ।

मंगलबार दिउँसोसम्म खोजी गर्दा पनि नभेटिएपछि उपचारका लागि लगिएको स्वास्थ्य संस्थालाई अनुसन्धान गर्न प्रहरीमा समेत निवेदन दिइएको छ। मुम्बई विमानस्थल आसपासका क्षेत्रमा रहेका म्याग्देलीले समेत खोजीकार्यमा सहयोग गरेका छन् । बेपत्ता खत्रीको हुलिया सहित निबेदन दिइएर खोजी भइरहेको बताइएको छ । यसैबीच विमान कम्पनी भारतीय गो फर्स्ट एयरलाइन्सलाई समेत आवश्वक कानुनी कारवाहीका लागि समेत मुम्बई प्रहरी तथा सम्बन्धित निकायमा समेत निवेदन दिइएको छ ।

 

Leave a Reply