म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका कृषकले अब गाउँमै मिनी टेलर मेसिन (हलो) मर्मत गर्ने भएका छन् । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजना, धवलागिरी गाउँपालिका र म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी इकाईकोको समन्वयमा १० दिने तालिम लिएका कृषकले ब्यक्तिगत तथा सामुहिक रुपमा राखेका मिनी टेलरलाई मर्मत गर्न सक्ने भएका छन् ।

मिनी टेलर बिग्रिएर हैरानी खेप्दै आएका कृषकले तालिमबाट सहजै मर्मत गर्न सक्ने भएको सहभागी रामबहादुर हर्मेलले बताए । उनले सामान्य ज्ञान समेत नहुदाँ लामो समयसम्म मर्मत हुन नसकेको अवस्थामा अब कुनै समस्या नहुने बताए । तालिममा सहभागी कृषकले सीपमुलक तालिमबाट उत्साहित भएको बताए ।

समापन कार्यक्रममा बोल्दै पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख पोसनाथ शर्मले मिनी टेलर मेसिन मर्मत गर्न सक्ने कृषकलाई सधै सहज हुने बताए ।

उनले टेलर प्रयोग गर्ने कृषकलाई मर्मतमा समेत आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको बताए । सोही अवसरमा तालिममा सहभागिले २५ वटा मिनी टेलर मर्मत समेत गरेको सहभागी जयराम सुवेदीले बताए ।

तालिममा वडा नं ७ भित्रका विभिन्न बस्ती टोलबाट सहभागीले गाउँमा रहेका अन्य मिनी टेलर समेत मर्मत गनै सक्ने म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी इकाईका अध्यक्ष तेजेन्द्र थापाले बताए ।  उनले तालिममा धारापानीबाट ३ जना, सिवाङबाट २ जना, हिलापोखरी गाउँमा २ जना, हिलापोखरीबाट २ जना, काफँलडाँडाबाट २ जना र ताकम गाउँबाट ८ जनाको सहभागिता रहेको थियो ।

किसानलाई खेतबारी जोत्न सहज र समय बचत भएको मिनी टेलर बिग्रिएर निराश हुन नदिने तालिम सञ्चालन गरिएको वडा अध्यक्ष अशोक खत्रीले बताए । मिनि टेलर बनाउन सिकाउने प्रशिक्षक इश्वर शर्मा लगायतको उपस्थिती रहेको थियो ।

म्याग्दीका गोरुबाट परम्परागत हलोले जोत्दै आएका किसानहरूलाई प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा मेसिन सञ्चालनदेखि मर्मतसम्मको सिप नहुदाँ छोटो समयमै बिग्रिएर थन्किने गरेको छ । म्याग्दीका सबैजसो गाउँबस्तीमा मिनी टेलर भएपनि मर्मतका लागि सदरमुकाम बेनी ल्याउनुपर्ने बाध्यता छ ।

 

 

Leave a Reply