नेपालको दुर्गम र बिशिष्ट भूभागमा उल्लेख्य बसोबास रहेको छन्त्याल समुदायमा केन्द्रित भएर तयार गरिएको नयाँ गीत ‘छन्त्याल परे म त’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक तथा निर्देशक यूवराज छन्त्याल यो म्युजिक भिडियो आफ्नै यूटुव च्यानलले सार्बजनिक भएको छ । छन्त्याल समुदायको जातिय पहिचान झल्काउने भेसभुसा कला संस्कृती झल्किने गित रहेको गायक यूवराजले बताए ।

छन्त्याल संघको केन्द्रिय कार्यालयमा छायाँकन गरिएको म्यूजिक भिडियोमा संघका केन्द्रिय अध्यक्ष मोहन छन्त्यालको समेत उपस्थिती रहेको छ । गितमा जयालक्षमी छ्न्त्याल र सरिता छन्त्याल गायिकाको स्वर रहेको छ । म्यूजिक भिडियोमा छन्त्याल जातिको आफ्नो छुट्टै मौलिक संस्कृति, भाषा, धर्म, परम्परा, चालचलन, रीतिरिवाज, जीवनपद्धति र प्रथा रहेका बारेमा जानकारी गराइएको छ ।

बागलुङ र म्याग्दी जिल्लाका क्षेत्र÷इलाकाहरू मूल थातथलो भएता पनि सन् २०११ को जनगणनाअनुसार छन्त्यालहरू ४३ जिल्लाहरूमा रहेको देखिन्छ। छन्त्याल जातिमा १२ थरहरू रहेका छन्ःखड्का, घर्ती, घरब्जा, घ्याप्चन, झिङ्राजा, डाँडामारे, तथप्जा, पुराने, पोत्लाङ्गे, बुढाथोकी, भलञ्जा र सिङ्ग रहेका छन्। छन्त्याल भाषा भोट–बर्मेली परिवारमा पर्दछ । म्याग्दीको अति विकट गूर्जा, मल्कवाङ र कुइनेमंगलेमा छन्त्याल जातिको उद्घमस्थल मानिन्छ ।

 

Leave a Reply