पूर्वी युरोपेली मुलुक क्रोएसियामा रहेका म्याग्देलीको साझा संस्था मोना क्रोएसियाले प्रथम अधिवेशन गर्ने भएको छ । पछिल्लो समय रोजगारका लागि आर्कषक गन्तब्यको रुपमा चिनिएको क्रोएसियामा पुगेका म्याग्देलीहरुको भेलाबाट बनेको तर्दथ समितिले आगामी सेक्टेक्बर १७ तारिकमा द मुबी पबमा अधिवेशन गर्ने तय भएको छ ।

अधिवेशनको अवसरमा हरितालिका तिजको अवसरमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको मोना क्रोएसियाका संयोजक रामकृष्ण शर्माले बताए । उनका अनुसार अधिवेशनको अवसरमा लोकदोहोरी गायिका सुनिता बिक, सन्तोष परियार, देविन गर्बुजा, किरण लामिछाने र सपना जुग्जाली र अञ्जु फगामीको नृत्य सहित विविध कार्यक्रमहरु समेत तय गरिएको छ ।

क्रोएसियामा रहेका म्याग्देलीलाई मोनामा आवद्ध भएर संस्थागत गतिविधिमा सहभागि हुन समेत रुपेश सुन्दाले अनुरोध गरेका छन् । मोनाको अधिवेशनमा मोना अन्तराष्ट्रियका निर्वतमान प्रथम उपाध्यक्ष मिम पूर्जा लगायतको उपस्थिती हुने जनाइएको छ ।

Leave a Reply