म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति अष्ट्रेलियाले म्याग्दी जिल्लको पर्यटन प्रबद्धन गर्न ‘नदेखिएको म्याग्दी’ नामक फोटो प्रर्दशनी गर्ने भएको छ।

म्याग्दी जिल्लाको पर्यटन प्रर्वधन गर्न सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतियोगिताको आयोजना समेत गरिसकेको मोना अष्ट्रेलियाले आगामी असोज ५ गते जिल्ला समन्वय समितिको सभाहलमा प्रतियोगितामा उत्कृष्ट भएका सहित नयाँ र दशकैं अगाडी खिचिएका फोटोलाई प्रर्दशनीमा राख्ने गरी तयारी गरेको फोटो प्रतियोगिता संयोजक बाबुराम पौडेलले बताए ।

उनका अनुसार प्रर्दशनीकै अवसरमा विजेतालाई पुरस्कार वितरण समेत गरिने छ । उक्त प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमश २० हजार, १० हजार, ५ हजार नगद, प्रमाणपत्र र ट्रफीको ब्यवस्था गरिएको छ ।

फोटो प्रतियोगितामा सहभागी भएका फोटो सहित आगामी दिनमा पर्यटन प्रर्बधनलाई सघाउन स्थानीय तहका जनप्रतिनिधिहरुसँग समेत छलफल कार्यक्रम समेत तय गरिएको सचिव सुमन बानियाँले जानकारी दिए । मोना अष्ट्रेलियाको फोटो प्रतियोगिताले म्याग्दी जिल्लाको पर्यटन प्रर्बधनमा समेत सघाएको छ ।

प्रतियोगितामा ओझेलमा परेका फोटोहरु समेत सार्वजनिक भएकाले आन्तरिक पर्यटन प्रर्बधन तथा पूर्वाधार विस्तारमा समेत स्थानीय तह जिम्मेबार हुनुपर्नेमा सरोकारवाला निकायले जोड दिएका छन् ।

Leave a Reply