कम्प्युटर एशोसिएसन नेपाल (क्यान) म्याग्दी र म्याग्दी बहुमुखी क्याम्पसमा गठित बीआईसीटीइ क्लवको संयुक्त आयोजना तथा म्याग्दी बहुमुखी क्याम्पसको साझेदारीमा ३ दिने इथिकल ह्याकिङ तथा वेव डेभलभमेण्ट सम्बन्धी वर्कशप सेमिनार सम्पन्न भएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सभाहलमामा आयोजित सेमिनारमा न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय, माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालय, लिटल गार्डेन एकेडेमी, बालमन्दिर माध्यमिक विद्यालय, प्रकाश माध्यमिक विद्यालय, बेनी सामुदायिक माध्यमिक विद्यालय, गलेश्वर आवासीय माध्यमिक विद्यालय, गलेश्वर माध्यमिक विद्यालय तोरिपानी र पर्वत जलजलामा संचालित न्यु होराइजन आवासीय माध्यमिक विद्यालय विद्यालयबाट ९० जना विद्यार्थीहरु सहभागि भएका थिए ।

सहभागीलाई वेवसाइट निर्माण, होस्टिङ, अपडेट, ह्याकिङ्ग, डाटा चोरी, ह्याकरहरुले दिने दुःख कष्ट, बरवादीको बारेमा प्राविधिक ज्ञान सहित प्राक्टिकल समेत गराइएको थियो । सहभागि विद्यार्थीहरु मध्ये परीक्षा पनि लिइएको थियो ।

परीक्षाबाट उत्कृष्ट नतिजा ल्याउदै लिटल गार्डेन एकेडेमीमा कक्षा ९ मा अध्ययनरत सुलभ सुवेदी प्रथम, सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत प्रतिक चापागाई द्धितीय र न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यविक विद्यालयमा कक्षा १२ मा अध्ययनरत अर्जुन पुर्जा र प्रकाश माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सन्देश पौडेल सान्त्वना स्थान हासिल गरेका थिए ।

कार्यक्रममा प्रथम, द्धितीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरुलाई नगद पुरस्कार र बेनीमा संचालित विआइटी ट्रेडर्स र ग्लोबल कम्प्युटर प्वाइन्ट बाट आकर्षक सामानहरु पुरस्कार राखिएको थियो भने नगद पुरस्कार तथा म्याग्दी बुहमुखी क्याम्पसले सहयोग गरेको थियो ।

क्यानका केन्द्रिय सदस्य चिन्तामणी बास्तोलाले स्टेशनरी साम्रागी सहयोग गरेका थिए ।उक्त कार्यक्रमको संचालन क्यानका सचिव बासुदेव घिमिरेको संचालन, क्यान म्याग्दीका अध्यक्ष लाल बहादुर कार्कीको अध्यक्षता, बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसीको प्रमुख आतिथ्यता र म्याग्दी बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख गोरख बहादुर जिसीको आतिथ्यतामामा भएको थियो ।

कार्यक्रममा प्रशिक्षकको भूमिकामा म्याग्दी बहुमुखी क्याम्पसमा बीआईसीटीइ कोर्ष अध्ययनरत विवेक सापकोटा र शेर बहादुर सुनारले गरेका थिए । म्याग्दी जिल्लामै पहिलोपटक इथिकल ह्याकिङ सम्बन्धित वर्कशप आयोजना हुने भएको हो । क्यान गण्डकी प्रदेश कोषाध्यक्ष बामदेव रिजालले म्याग्दी जिल्लामा सूचना तथा प्रविधिका विषयमा अध्ययन गर्ने विद्यार्थीहरुसँग आगामी दिनमा समेत सहकार्य गरी विभिन्न विषयमा तालिम राखिने बताए । क्यान म्याग्दीका अध्यक्ष लालबहादुर कार्कीले म्याग्दी क्याम्पसमा बीआईसीटीइको पठनपाठन सुरु भएपछि जिल्लामा प्रविधिको क्षेत्रमा काम गर्ने विद्यार्थीलाई समेत सहज भएको बताए ।

 

Leave a Reply