धु्रवसागर शर्मा
दरबाङ (म्याग्दी) २९ भदौ
पश्चिम म्याग्दीको दरवाङमा अवस्थित के.वी एकेडेमीका विद्यार्थीहरुले भदौ २९ गते बालदिवसको अवसर पारेर ‘फूलबारी’ नामक अंग्रेजी भाषमा मासिक भित्ते पत्रिका प्रकाशन गरेका छन् ।
रचनात्मक कार्यक्रम गरेर बालदिवस मनाउने उद्धेश्य अनुरुप विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको पहलमा प्रकाशन भएको उक्त पत्रिकाको शुक्रबार विद्यालयका प्रधानाध्यापक विमल शर्माले सम्पादकीय वाचन गरी उद्घाटन गर्नुभयो ।
पश्चिम म्याग्दीको शैक्षिक क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल के.वी एकेडेमीमा अध्ययनरत चार सय बढी विद्यार्थीहरुको प्रतिभालाई क्रमिक रुपमा उजागर गर्दै लैजाने र उनीहरुलाई रचनात्मक क्रियाकलापमा प्रोत्साहित गर्ने उद्धेश्यले गत जेठदेखि मासिक भित्ते पत्रिका प्रकाशन सुरु गरिएकोमा यस पटक विज्ञान विशेषाङ्क प्रकाशित गरिएको प्रधानाध्यापक शर्माले बताउनुभयो ।
स्वतस्फुर्त रुपमा विद्यार्थीहरुको सहभागिता रहेको उक्त पत्रिका प्रकाशन कार्यमा विज्ञान विषयका शिक्षक बलराम श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।
शिक्षक श्रेष्ठका अनुसार भित्ते पत्रिकामा विज्ञानको पछिल्लो उपलव्धी, वैज्ञानिकहरुको परिचय,विज्ञानका मान्यताहरु लगाएतका रोचक सामग्रीहरु पत्रिकामा समेटिएका छन् । प्रधानाध्यापक शर्माले आगामी अंकहरु अझै परिष्कृत र परिमार्जित गर्दै लैजान आग्रह गर्नुभयो । पत्रिकामा १५ वटा समसामयिक लेखहरु प्रकाशित छन् ।
विद्यालयका संचालक÷निर्देशक हिरा पुनले गुणस्तरीय शिक्षाका साथसाथै विद्यार्थीहरुको शारीरिक, मानसिक र व्यक्तित्व विकासका लागि आवश्यक सम्पूर्ण क्रियाकलापहरु विद्यालयले आयोजना गर्ने प्रतिवद्धता जनाउँदै शिक्षक र विद्यार्थीहरुको सामुहिक पहलमा रचनात्मक गतिविधिहरु अगाडी बढाउन आग्रह गर्नुभयो ।
बालदिवसकै अवसरमा विद्यालयमा तिज गीत प्रतियोगिता र विभिन्न खेलकुद प्रतियोगिताहरु समेत आयोजना गरिएको प्रधानाध्यापक शर्माले बताउनुभयो ।
२०६४ सालमा स्थापना भएको विद्यालयले गुणस्तरीय शिक्षाका साथै विद्यार्थीहरुको व्यक्तित्व निर्माणमा सहयोगी हुने विभिन्न गतिविधिहरु संचालन गर्दै आएको प्रिन्सिपल शर्माको भनाइ प्रिन्सिपल शर्माल्े विद्यार्थीहरुको व्यक्तित्व विकास र गुणस्तरीय शिक्षामा कुनै किसिमको कमी हुन नदिने प्रतिवद्धता दोहो–याउनुभयो ।

Leave a Reply