‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासहित म्याग्दी बालगृहका बालबालिकाहरुलाई अनुशिक्षण भएको छ ।

मिलन म्याग्दीको आयोजना, नेशनल क्याम्पियन फर एजुकेसन नेपाल जिल्ला कार्यसमिति म्याग्दीको सहकार्यमा राष्ट्रिय बाल दिवस–२०८० को अवसर पारी नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहका बालबालिकाहरुलाई अनुशिक्षण गरिएको हो ।

दिवसको अवसरमा म्याग्दी बालगृहका १३ जना बालबालिकाहरुलाई बालअधिकार, स्वास्थ्य, सरसफाइ र व्यक्तिगत आनीबानी परिवर्तनसम्बन्धी विषयमा सहजीकरण गरिएको मिलन म्याग्दीले जनाएको छ । राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर बालबालिकाहरुलाई खासगरी बालअधिकार, स्वास्थ्यको सरसफाइ र आनीबानी परिवर्तनको बारेमा जानकारी गराउने उद्देश्यले अनुशिक्षण गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्यकर्मी सुमित्रा थजालीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम मिलन म्याग्दीका कार्यसमिति सदस्य मिना राम्जालीको अध्यक्षता र कार्यकारी निर्देशक दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा म्याग्दी बालगृहका बालबालिका र कर्मचारीले सहभागिता जनाएका थिए ।

Leave a Reply