अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

ब्याडमिन्टन प्रतियोगिताको उपाधी प्रवेश मगर र तकप्रसाद जुग्जालीले जिते

On: September 17, 2023 11:12 AM
Follow Us:

महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्षमा बरंजा-भकिम्ली माइती कुतुम्ब समाज काठमाण्डौले आयोजना गरेको दोश्रो पुरुष ब्याडमिन्टन प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका-७ मराङका प्रवेश मगर र तकप्रसाद जुग्जालीको समुहले जितेका छन् । विपत ब्यबस्थापन अक्षय कोषको सहयोगार्थ आयोजित प्रतियोगितामा बेनी नगरपालिका वडा नं ९ का भरत थापा र दियान थापा दोस्रो र रघुगंगा गाउँपालिका-९, कुइनेमंगलेका बिष्णु छन्त्याल र मुकुन्द छन्त्याल र आयोजकका दिल बुढा र शिाल रोका तेस्रो भएको प्रतियोगिताका संयोजक अर्जुन छन्त्यालले बताए । प्रतियोगितामा प्रथम ४० हजार, द्धितिय २५ हजार र तृतिय १० हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा बिशाल रोकाको समुह उत्कृष्ट घोषित भएको थियो भने मराङका यामबहादुर गर्बुजा उत्कृष्ट खेलाडी घोषित भए। उत्कृष्ट टिमलाई ५ हजार र उत्कृष्ट खेलाडीलाई ३ हजार नगद पुरस्कार संस्थाका बरिष्ठ सल्लाहकार क्या. कर्णबहादुर रोकाको प्रमुख आतिथ्यतामा म्याग्दी काठमाण्डौ कलाकार संघकी अध्यक्ष गायिका लाली बुढाथोकी,  सल्लाहकार क्या. कर्णबहादुर रोका, म्याग्दी मगर समाज अध्यक्ष दिलकुमारी राम्जाली,ब्यवसायी धनलाल जैशी लगायतले पुरस्कार वितरण गरेका थिए ।कुल २२ टिमले सहभागिता जनाएको प्रतियोगिताबाट भएको आम्दानीलाई कोषमा थप गदैं आगामी तिहारसम्म आर्थिक संकलन अभियानलाई जारी राखिने समाजका अध्यक्ष कमलराज पुनले बताए । म्याग्दी जिल्ला स्थित बरंजा र भकिम्ली गाँउबाट स्थायी तथा अस्थायी रुपमा काठमाण्डौ उपत्यकामा बसोबास गर्नेहरुको साझा संस्था समाजले काठमाण्डौ उपत्यकामा बसोबास गर्नेहरुलाई उपचार, प्राकृतिक विपत्तीमा परेका, विभिन्न सामाजिक एवम् मानवीय सेवामा सहयोग गर्ने गरेको छ । करिब एक दशक अघि बरंजा–भकिम्ली माइती कुतुम्ब समाज काठमाण्डौैंले थुप्रै सामाजिक कार्यहरु गर्दै आएको छ ,

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।