नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति म्याग्दीले शिक्षा विधेयको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । महासंघ म्याग्दीले एक विज्ञप्ती जारी गदैं असोज ३ गतेदेखि विद्यालय बन्द गर्ने गरी केन्द्रिय कार्यक्रमहरुमा सहभागी हुने निर्णय गरेको अध्यक्ष जयराम सुबेदीले बताउनुभयो ।

शिक्षक र विद्यालयका कर्मचारीको मुलभूत मुद्दाहरुलाई सम्बोधन नगरिकन संविधानप्रदत्त ट्रेड युनियन अधिकारमाथि अंकुश लगाउने गरी विधेयक ल्याएको भन्दै सडक आन्दोलनको घोषणा गरेको महासंघले ३ गतदेखि अनिश्चितकाल विद्यालय बन्दको घोषणा गरेको छ ।

नेपाल शिक्षक महासंघले सरकारकै कारण आफूहरु आन्दोलनमा जान बाध्य भएकाले आन्दोलमा साथ र सहयोग गर्न समेत अनुरोध गरेको छ । शिक्षककहरुलाई पञ्चायतकाल भन्दापनि अंकुश लगाउने गरी ऐन प्रस्तुत भएको अवस्थामा आन्दोलन बाध्यकारी भएको विभिन्न दल निकट पेशागत संगठनका प्रतिनिधिले समेत जनाएका छन् ।

महासंघको आन्दोलनलाई पेशागत संगठनले समेत साथ र सर्मथन गरेपछि आन्दोलन निर्णायक हुने बताइएको छ। शिक्षकलाई स्थानीय तहका जनप्रतिनिधिले रजाई गर्न मिल्ने गरी ऐन तयार भएको भन्दै क्षमताभन्दा पनि दरबन्दी मिलानका क्रममा पालीकालाई दिइएको अधिकारले शिक्षक अन्यायमा पर्ने शिक्षक संगठनको भनाई छ ।

अस्थायी प्रकृतिका शिक्षक, विद्यालय कर्मचारी, बाल शिक्षकको स्थायीत्वको सवालमा शिक्षा ऐन नबोलेको र एउटा पालिकाले अर्को पालिकामा सोझै सरुवा गर्ने प्रावधानहरू ऐनमा उल्लेख भएको भन्दै यो विषय संसोधन नभए शैक्षिक क्षेत्र ध्वस्त हुने आन्दोलतरत शिक्षकको भनाई छ ।

 

Leave a Reply