---Advertisement---

म्याग्दी समाज न्यूर्योक यूएसएले मनायो तिज कार्यक्रम

On: September 18, 2023 10:28 AM
Follow Us:

म्याग्दी समाज न्यूर्योक यूएसए इंकले धुमधामसाथ नेपाली नारीहरुको महान पर्व हरितालिका तीज मनाएको छ । न्यूर्योकमा रहेका म्याग्देली दिदीबहिनीलाई शुभकामना आदानप्रदान सहित कार्यक्रम गरिएको थियो । तिज कार्यक्रममा बोल्ने बक्ताले तिजको आफ्नै मौलिकता रहेकाले नेपाली नारीहरूको महत्वपूर्ण धार्मिक,सांस्कृतिक पर्वलाई तडक भडक र भड्किलो होईन, सभ्य, सरल र संस्कृतीका आधारमा मनाउनुपर्ने बताएका थिए ।

संस्कार र संस्कृतिमा निकै धनी नेपालीहरूले परापूर्वकालदेखि मनाउन थालेको तीज पर्वलाई देशबाहिर समेत मौलिक शैलीमा कार्यक्रम गरिएको म्याग्दी समाज न्यूर्योक यूएसएकी महिला उपाध्यक्ष प्रतिमायाँ पुनले बताईन् ।त्यस्तै म्याग्दी समाज न्यूर्योक यूएसएका अध्यक्ष रमेश तुलाचनले समाजमा आवद्ध महिला दिदीबहिनीको सक्रियतामा विभिन्न कार्यक्रमहरु सफल भएको बताउँदै तिजको अवसरमा सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतीको कामना गरेका थिए ।

कार्यक्रममा समाजका संरक्षक भविन शेरपुञ्जा, समाजका बरिष्ठ उपाध्यक्ष एवम् मगर संघ अमेरिकाको अध्यक्ष याम पुन, बरिष्ठ सल्लाहकार मन रोका, मगर समाज अमेरिकाका पूर्व अध्यक्ष कुलदिप रानामगर, एनआरएनए यूएसए न्यूर्योक च्याप्टरका अध्यक्ष हेमन्त मल्ल लगायतको उपस्थिती रहेको थियो । सोही अवसरमा म्याग्दी समाज न्यूर्योक यूएसए इंकका अध्यक्ष तुलाचन र महासचिव प्रकाश थापाले महिला दिदीबहिनीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको अध्यक्षता प्रेमा घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रमकोस्वागत मन्तब्य महिला उपाध्यक्ष प्रतिमायाँ पुन, सञ्चालन नम्रता बानियाँ रोका, सांस्कृतिक कार्यक्रम किस्मा पूर्जाले गरेकी थिईन् । म्याग्दी समाज न्यूर्योक यूएसए इंकले विभिन्न सामाजिक कार्यका साथै जन्मभूमि म्याग्दीमा समेत कार्यक्रम गर्ने गरेको छ ।