मोना क्रोएसियाको अध्यक्षमा रुपेश सुन्दास

रोजगारीको शिलशिलामा क्रोएसियामा रहेका म्याग्देलीको साझा संस्था मोना क्रोएसियाको प्रथम अधिवेशनबाट रुपेश सुन्दासको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

समितिको बरिस्ठ उपाध्यक्ष सपना जुग्जाली, प्रथम उपाध्यक्ष देबिन गर्बुजा, द्वितीय उपाध्यक्ष सुमन थापा, महासचिब प्रेम परियार, सचिब रमेश परियार, सहसचिब दिपा मल्ल, कोषाध्यक्ष कृष्ण बानियाँ, सह–कोषाध्यक्ष राम्जी पौडेल, महिला सँयोजक अन्जु फगामी,महिला सह–सँयोजक सुनिता बिक रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा तेजेन्द फगामि, सुजन बैद्द,सुरज बैध कृष्ण केसी,जस बहादुर पुन, राजेश केसी,आषिश परियार “झिल्के“ अर्जुन रत्न, डिल रत्न, राजु रत्न,वीर रत्न, राम लामिछाने, केसर पुन,पुष्कर पुन,गोबिन्द सुन्दास रहेका छन् ।संस्थाको प्रमुख सल्लाहकार रामकृष्ण शर्मा, सल्लाहकार झलक जिसि, तेज सुन्दास रहेको मोना क्रोएसियाले जनाएको छ ।

अधिवेशनको उद्घाटन गदैं मोना अन्तराष्ट्रियका निर्वतमान प्रथम उपाध्यक्ष एवम् एनआरएनए नेदरल्याण्डका अध्यक्ष मिम पूर्जाले विश्वभर रहेका म्याग्देलीहरुको सञ्जाल मोनामार्फत विभिन्न कार्यहरु भइरहेकाले मोनामा आवद्ध हुन अनुरोध गरेका थिए ।

उनले मोना म्याग्देलीको साझा संस्था भएकाले मोनालाई थप उचाईमा पुर्याउने कार्य गर्नुपर्नेबताए । मोनाका हरेक गतिविधिलाई संस्थागत बनाउन राष्ट्रिय कार्यकारी समितिको योगदान हुने बताए । अधिवेशनमा संस्थापक संयोजक रामकृष्ण शर्माले आफ्नो कार्यकालमा रचनात्मक सहयोग प्राप्त भएको बताउँदै मोनाका अभियानमा सक्रिय भएर लाग्ने बताए ।

त्यस्तै नवनिर्वाचित अध्यक्ष सुन्दासले मोनाका गतिविधिलाई निरन्तरता दिदैं क्रोएसियामा रहेका सम्पूर्ण म्याग्देलीलाई मोनामा आवद्ध बनाउने अभियान सञ्चालन गर्ने बताए । उनले मोनामार्फत क्रोएसिया र जन्मभूमिमा समेत विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धता जनाए

Previous articleम्याग्दी समाज न्यूर्योक यूएसएले मनायो तिज कार्यक्रम
Next articleमुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु