पश्चिम म्याग्दीको मंगला गाउँपालिका-२ बावियाचौरमा अवस्थित मंगला माविका होमनाथ पाण्डेलाई राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित हुने भएका छन् । राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा सम्मानित गर्न लागिएको सूचीमा म्याग्दीबाट पाण्डेको नाम सार्वजनिक भएको छ। ‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, बमोजिम दिवसको मूल समारोह समितिको पुरस्कार छनोट समितिको सिफारिस गरिएको हो ।

बि.स २०५६ सालदेखि शिक्षण पेशामा लागेका पाण्डेले हिदीमा रहेको शिद्धशान्ति माविमा प्रावि तहको दरबन्दीबाट समेत मावि सञ्चालन गरी बि.स २०५९ देखि २०७५ सम्म प्रअको जिम्मेबारी सम्हालेका थिए । चन्दा संकलन गरी विद्यालयका शिक्षक पालेका प्रअ पाण्डले लगातार तीनबर्ष सतप्रतिशत एसएलसीको नतिजा समेत ल्याएका थिए ।

एकिकृत नेपाल शिक्षक संगठन म्याग्दीका अध्यक्ष समेत रहेका पाण्डेले राहत शिक्षक तथा दरबन्दीविहिन विद्यालयका लागि समेत साझा अभियान सञ्चालन गरेका थिए । पाण्डेको प्रयासमा मंगला माविमा निजी विद्यालय समेत गाभेर सञ्चालन गर्न सफल भएको थियो ।उत्कृष्ट पुरस्कारबाट सम्मानित हुने जानकारी पाएपछि उत्साहित भएको र थप जिम्मेबारी थपिएको पाण्डेले बताए । उनले सामुदायिक विद्यालयको अभियानमा अगाडी बढ्न थप उर्जा थपिने बताए ।

Leave a Reply