म्याग्दीको मालिका गाउँ पालिका-५,देविस्थान पन्थोकमा अबस्थित भिम माबिमा बिद्यालय स्तरिय जुनियर रेडक्रस सर्कल (जुरेस) र बाल क्लब गठन गरिएको छ ।  बिद्यालय स्तरका संगलग्न भएर मानबता, मानव सेवा, मानव धर्म, सामाजिक सहयोग , एकता र स्वयम सेवा कार्यमा प्रेरित गर्न जुरेस गठन गरिएको भिम माबिका शिक्षक सुबास पुनमगरले जानकारी दिनुभयो ।

बिद्यालयमा आयोजित भेलाबाट अध्यक्षममा बिश्वास घर्ती, उपाध्यक्ष भावना पुन, सचीव मन्जु बुढा, कोषाध्यक्षमा सोनि फगामी , सहसचिब अर्जुन रसाइली, उपकोषाध्यक्षमा नम्रता सेन्चुरी रहेका छ्न । त्यसैगरी सदस्यहरु मा सागर घर्ती, निशा बुढा, प्रवेश सिउथानी , समीर घर्ती , समिक्षा पुर्जा, करुणा फगामी , निस्ता सिउथानी र शिक्षक नायकमा प्रकाश सापकोटा रहनुभएको छ ।

विद्यालयका प्रअ डम्बर घर्तीले सर्कलमा आबद्ध विद्यार्थीलाई रेडक्रसले आधारभूत प्राथमिक उपचार तालीम प्रदान गरेर मानवीय सेवाका साथै जनचेतना अभिवृद्धि, रेडक्रसको सिद्धान्त र मानवीय मूल्यको प्रवद्र्धन लगायत मानव सेवाका उच्चतम कार्यमा सक्रिय हुनुपर्ने बताउनुभयो । जुनियर रेडक्रस सर्कल (जुरेस) र बाल क्लबले विद्यालय र समुदायमा त्यसको प्रभावकारिता वृद्धिमा जोड दिनुपर्ने बता्रइएको थियो ।

 

Leave a Reply