विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले मनास्लु हिमाल (८,१६३ मिटर)को बिना अक्सिजन सफल आरोहण गरेका छन् ।

उनले हिजो (आइतबार) बिहान ८ः१२ बजे मनास्लुको सफल आरोहण गरेको इलाईट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडका प्रवन्ध सञ्चालक कुशल बुढाथोकीले जानकारी दिए । पुर्जासँगै १३ जना आरोहीले मनास्लु चढ्न सफल भएको कम्पनीको भनाई छ । यो शरद ऋतुमा मनास्लु चढ्ने यो नै पहिलो टोली हो ।

पुर्जाले विश्वका आठ हजार भन्दा अग्ला १४ वटा शिखरहरुमध्ये मनास्लुसहित १२ वटा बिना अक्सिजन आरोहण गरेका छन् । अब उनले चो ओयु र शिशपाङ्मा बिना अक्सिजन आरोहण गर्न बाँकी छ । यी दुई हिमाल बिना अक्सिजन आरोहण गरे पुर्जाले अर्को विश्व कीर्तिमान बढाउन सक्ने बुढाथोकीको भनाई छ ।

Leave a Reply