म्याग्दीमा संविधान दिवस भव्यताका साथ मनाइएको छ । संविधान दिवस मूल समारोह समिति म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा संविधान दिवसको अवसरमा प्रभातफेरी एवं मूल समारोह कार्यक्रम गरी यस वर्षको संविधान दिवस मनाइएको हो ।

सदरमुकाम बेनीस्थित शहिदस्तम्भ चोकबाट निस्किएको सरोकारवालासहित सहभागी प्रभातफेरी ¥यालीले बेनीबजारको परिक्रमा गरेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रम गण्डकी प्रदेशका सांसद हरि भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, उपप्रमुख दिलकुमारी खत्री, उपमेयर ज्योति लामिछाने, बेनी नगरपालिका मेयर सुरत केसी, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिती रहेको थियो।

समारोहको समापन कार्यक्रमको सञ्चालन बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेल र समापन प्रम्ुख जिल्ला अधिकारी तुलसीराम पौडेलले गर्नुभएको थियो ।

संविधानसभाको निर्वाचनबाट बनेको संविधानसभाले २०७२ साल असोज ३ गते संविधान जारी गरेको थियो । नेपाली जनताले गरेको पटकपटकको बलिदानीपूर्ण संघर्ष र दोस्रो जनआन्दोलनबाट झण्डै ७ दशकपछि आफैले चुनेका जनप्रतिनिधिबाट संविधान बनाएका थिए ।

Leave a Reply