पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले प्रभातफेरी सहित सरसफाई गरी संविधान दिवस मनाएको छ । गाउँपालिका उपाध्यक्ष पेमाकुमारी अधिकारीको सयोजकत्वमा सार्बजनिक स्थान मन्दिर , चौतारी र बजार परिसरमा सरसफाइ कार्यक्रम गरिएको छ ।

दिवसको अवसरमा बोल्दै उपाध्यक्ष अधिकारीले संविधानले सबै नागरिकलाई अधिकार दिएको बताउँदै आम नागरिकको भावना र अधिकार समावेश गरिएको संविधानको कार्यान्वयन गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग पु¥याउनुपर्ने बतायनुभयो ।

उहाँले स्थानीय तहलाई दिइएको अधिकार गुम्ने होकी भन्ने शङ्का रहेकाले स्थानीय सरकारलाई पूर्ण रुपमा अधिकारको उपयोग गर्न र बलियो बनाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा वडा न २ वडा अध्यक्ष धनबहादुर खाती, प्रमुख प्रशासकीय अधिकृत श्री शिवकुमार पौडेल लगायत मंगला गाउँपालिका, गाउँ कार्यपालिकाको आयोजनामा कर्मचारी, जनप्रतिनिधि, उद्योग बाणिज्य संघ बाबियाचौर बजार इकाइ, आमा समूह लगायतको उपस्थिती रहेको थियो ।

 

Leave a Reply