जेसी विनय श्रेष्ठ
शाखा अध्यक्ष – २०१३, म्याग्दी जेसीज
सन् २००७मा नेपाल जेसीजको क्षेत्र “ख“ सम्मेलन आतिथ्यता गरिरहदा म्याग्दी जेसीज भर्खर ७ वर्षमा पूरा गर्दै आठ वर्षमा वामे सर्दै थियोे । बल्ल तल्ल ७ जना व्यक्तिहरूले नेतृत्व प्रदान गर्ने अवसर पाएका थिए । म्याग्दी जेसीज संग सन १९९९ मामातृत्व प्रदान गर्ने बागलुङ जेसीजको आशिर्वाद र भातृ शाखापर्वत जेसीजको साथ लिएर अघि बढ्दै गर्दा मात्र क्षेत्रीय र राष्ट्रिय सम्मेलनमा भाग लिएको अनुभव एकातिर थियोे भने अर्को तर्फ संस्थापक महासचिव तथा सन २००४ का शाखा अध्यक्ष सिनेटर धनञ्जयकुमार श्रेष्ठलाई सन २००६ का लागि राष्ट्रिय उपाध्यक्ष निर्विरोध निर्वाचित गराइ पदिय जिम्मेवारी पूरा गरेकोे थियोे ।

यस्तो अवस्थामा समेत क्षेत्रीय सम्मेलन आतिथ्यता गर्न कस्सिएको थियो । एक किसिमले भन्दा यो कदम म्याग्दी जेसीजको अदम्य साहस थियोे, पागलपना नै थियोे । त्यो समयमा सडकले छोएको दशकौं हुदापनि मालढुंगादेख बेनीसम्म सडक कच्ची नै थियोे । सदरमुकाममा पर्याप्त होटलहरू थिएनन् । जिल्लाका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरूको न त राम्ररी प्रचारप्रसार भएको थियोे न त पुग्नलाई सडक विस्तार ।

भौगोलिक रुपमा विकट जिल्लामा म्याग्दी जेसीजले जिल्लावासीहरूको अभुतपूर्व सहयोगमा सम्मेलन सफलतापूर्वक सम्पन्न ग¥यो । सम्पूर्ण जेसीजहरूको वाहवाहि लुट्न सफलभयो । यहि मेहनतले पुर्व अध्यक्ष् ासिनेटर धनञ्जयकुमार श्रेष्ठलाई निर्विरोध राष्ट्रिय कार्यकारी उपाध्यक्ष हुदै निर्वाचित राष्ट्रिय अध्यक्ष सम्म बनाउन म्याग्दी जेसीज सफल रह्यो । पुर्व अध्यक्ष जेसी सुजन वरुवाललाई पनि राष्ट्रिय उपाध्यक्षमा निर्वाचित गराउन सफल बन्यो ।

ऐतिहासिक सम्मेलन आतिथ्यता गरेको शाखालामो समय पुनः सम्मेलन आतिथ्यता गर्न भने अग्रसर रहेन, हिम्मत गरेन । कारण जहाँपनि म्याग्दीमा सम्पन्न क्षेत्र “ख“ सम्मेलनको सफलताको किस्सा सुनिथ्यो ।

म्याग्दी जेसीजलाई डर थियोे कि फेरि सफल आतिथ्यता प्रदान गर्न सकिएन भने यसअघि कमाएको साख समेत गुम्नेछ । तर यस वर्ष भने रजत जयन्तीको अवसरमा पुनः क्षेत्रीय सम्मेलन आतिथ्यता गर्न कम्मर कस्यो ।

गोर्खामा सम्पन्न क्षेत्रीय सम्मेलनमार्फत म्याग्दी जेसीजलाई सर्वसम्मत रुपमा जिम्मेवारी सुम्पेर सम्पूर्ण जेसीज मनहरू म्याग्दी जेसीजको आतिथ्यता हेर्न आतुर रहेको सन्देश दिए।

सम्मेलनमा अहोरात्र खट्ने जेसीज सदस्यहरुको व्यक्तित्व र नेतृत्व क्षमता विकार हुने नै छ । यस सम्मेलनमा करिव ६०० भन्दा बढि जेसीज सदस्यहरूको आगमन रहने हुदाँ म्याग्दी जिल्लाको पर्यटन प्रबर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिईएको छ । सुषुप्त अवस्थामा रहेको अर्थतन्त्रलाई चलाएमा नबनाउने छ । म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङको धार्मिक र पर्यटकीय स्थलहरूको प्रचार प्रसार हुनेछ ।

गलेश्वर मन्दिर, बेनी तातोकुण्ड, लभ्लीहिल जस्ता ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरूको भ्रमण गराईने छ । म्याग्दीको सदरमुकाम बेनीबजार प्रसिद्ध स्थल मुक्तिनाथको प्रवेशद्वार रहेकोमा सहभागीहरुलाई त्यहाँ सम्म पुग्ने वातावरण तयार हुनेछ । जेसीज सदस्यहरूको नेतृत्व र व्यक्तित्व विकासमा कोशेढुङ्गा सावित हुनेछ ।

सम्मेलनको अवसमा प्रकाशित हुने स्मारिका “विम्ब“मा समेत जिल्ला कै लेखकहरूको विषयगत विधामा लेखिएका लेखहरू, जिल्लाका धार्मिक तथा पर्यटकीय स्थाहरू, म्याग्दीलाई राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा चिनाउने २५ व्यक्तित्वहरू र जेसीज गतिविधिहरू समावेश गरिएकोले जिल्लाको प्रचारप्रसारमा थप टेवापुग्ने विश्वास लिएका छौं ।

सम्मेलनमा जिल्लावासीबाटै उत्कृष्ट व्यक्तित्वहरूलाई सम्मान गरिनेछ । म्याग्दीको चिनोको रुपमा पवित्र कालीगण्डकी नदिमा पाइने शालिग्राम प्रयोग गरिनेछ । जिल्लामा उत्पादन हुने अल्लो पुवाले बनेको र स्थानीय महिला उद्यमीहरुले बुनेको झोला उपहार दिइने छ । जिल्लामा उत्पादित नेपाली कागजमा प्रमाणपत्र छापेर प्रदान गरिनेछ ।

जेसीज सदस्यहरूको खाना र आवासमा विशेष ध्यान दिइने छ । पहिलो रजिष्टेनका आधारमा सुविधा सम्पन्न होटल व्यवस्थापन गरिनेछ । खानामा स्थानीय उत्पादनहरू टिमुर, च्याउ, सुकुटी, फर्सी, आलु, गुन्द्रुक, ढकायो, सिन्की, भाङ्गो, चामल, सेलरोटी, खिर, मासु, कालिजको झोल लगायतका परिकारको स्वाददि लाइने छ ।

संस्कृति विनिमय कार्यक्रममा जिल्लाका संघसंस्था, विद्यालय, जातजाति लगायतले आ–आफ्नो कला र संस्कृतिले स्वागत गर्नेछन् । सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम“म्याग्दी नाइट“ मा म्याग्दी कै चर्चित कलाकारहरू र विद्यालयका विद्यार्थीहरूले आफ्नो प्रस्तुति पस्कनेछ छन् । ११९९ देखिका सामाग्रीहरूको संग्रहालय प्रदर्शनी, ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी अवलोकन गर्न पाइनेछ ।

स्थलहरुमा स्थानीय उत्पादनहरु खरिद पनि गर्न पाइनेछ । पर्वतमा गुप्तेश्वर गुफाको दर्शन गरि बन्जीको मजालिन, बागलुङमा कालिका भगवती मन्दिरको र पञ्चकोटको दर्शन गर्न, सम्मेलन पश्चात् पनि म्याग्दीको धार्मिक महत्वको गलेश्वर मन्दिर, सुन्दर रुप्से झरना र संसारको सबैभन्दागहिरो अन्धगल्छि अनिहिमालपारीको जिल्ला मुस्ताङको धार्मिक स्थल मुक्तिनाथ मन्दिर र काग बेनीको दर्शन गरि कोरलानाका समेत पुग्न सक्नेछन् । एकै पटकमा यस्तो मौका विरलै आउने गर्दछ ।

म्याग्दी जस्तो भौगोलिक रुपमा पिछडिएको हिमाली जिल्लामा क्षेत्रीय सम्मेलन आतिथ्यता गर्नु चुनौतिपूर्ण कामहो । यो चुनौतिलाई हामीले अवसरको रुपमा लिएका छौं । सम्पूर्ण म्याग्देलीहरूले साथ दिने प्रतिवद्धताले नै हामीले यो साहस जुटाएका हौं । फेरि पनि म्याग्देलीलाई एकताबद्ध भै जुट्ने अवसर सृजना भएको छ । सम्पूर्ण म्याग्देलीहरू स्वागत गर्न आतुर बनेकाछन् । सन २००७ को सम्मेलनलाई स्मरण गराउने र थपअविस्मरणीय पलहरू पस्कन म्याग्दी जेसीज सहिलसिङ्गो जिल्ला तम्तयार बनेको छ ।

भावि दिनमाशाखा कसरी अघि बढ्ने भन्ने समेत यस सम्मेलनले निक्यौल गर्नेछ । सम्मेलन आतिथ्यता गरिरहदा म्याग्देलीलाई एक सुत्रमा बाधिन सहयोग पुग्नेछ, सदस्यहरूमा उत्साह र उमंगथ पिनेछ, संस्थालाई राष्ट्रिय सम्मेलन समेत आतिथ्यता गर्न अवसर मिल्दै चुनौति स्वीकार गर्ने हौसला प्राप्तहुनेछ । याद गर्नुहोस् ः २०२३ को जोड ७ नै हुन्छ । त्यसैले चुनौतिलाई पार गरि अवसर सिर्जना हुने भए म्याग्दी जेसीज हरदम तयार र तप्पर रहनेछ ।

धन्यवाद । जय जेसीज । । जय म्याग्दी ।

Leave a Reply