---Advertisement---

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा दिप प्रज्वलन

On: September 20, 2023 7:41 PM
Follow Us:

नवौं संविधान दिवसको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा म्याग्दीको सदरमुकाम बेनीमा दिप प्रज्वलन गरिएको छ । बेनी नगरपालिका–७, बिरेन्द्रचोकमा नेपाल विद्यार्थी संघले आयोजनामा बुधबार साँझ दिप प्रज्वलन कार्यक्रम गरिएको हो ।

म्याग्दी जेसीजको आतिथ्यतामा बिहिबारदेखि बेनीमा हुन लागेको नेपाल जेसीजको क्षेत्र‘ख’सम्मेलनमा सहभागि हुन म्याग्दी आएका मुख्यमन्त्री पाण्डे सहित दिप प्रज्वलन कार्यक्रम प्रतिनिधिसभाका सदस्य खम बहादुर गर्बुजा,गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रेशम जुग्जाली, सांसद हरि भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

संविधान ल्याउन सबै राजनीतिक दलको योगदान रहेकाले दिवसलाई सबैको साझा बनाउने गरी दिप प्रज्वलन गरिएको नेपाल विद्यार्थी संघ म्याग्दीले जनाएको छ । संविधान दिवसको अवसरमा म्याग्दीमा विविध कार्यक्रम गरी मनाइएको छ ।