म्याग्दीको सदरमुकाम बेनीमा बसोबास गर्ने नेवार समुदायले संस्कृतिको धरोहर मान्ने हनुमान नाच प्रर्दशन गरिएको छ । म्याग्दी जेसीज स्थापना भएको २५ बर्ष पुरा भएको अवसरमा म्याग्दी जेसीजको आथित्यतामा म्याग्दीको सदरमुकाम बेनीमा बिहिबारदेखि सुरु भएको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको अवसरमा हनुमान नाच देखाइएको छ ।

नेपाल भाषा मंकाःखले हनुमान नाचलाई नियमित देखाउन र नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्न हनुमान नाँच संरक्षण समिति गठन गरेपछि दुईदशक अगाडी नै बन्द भएको नाँच अहिले निरन्तरता पाउन थालेको छ ।

हनुमान नाचमा सहभागि हुने पूराना कलाकारले नयाँ पुस्तालाई तालिम तथा खर्च ब्यवस्थापनका लागि नेपाल भाषा मंकाखलका प्रकाश कुमार श्रेष्ठको संयोजकत्वमा संरक्षण समिति बनाइएपछि पछिल्लो एकबर्ष यता तीनपटक नाच देखाइएको हनुमान नाच संरक्षण समितिका सदस्य एवम् नेपाल भाषा मंकाःखल अन्तरगतको सांस्कृतिक उपसमितिका संयोजक सञ्जयकुमार श्रेष्ठले बताए।

कला, संस्कृति र भेषभूषाको जगेर्ना साथै म्याग्दीका धार्मिक, ऐतिहासिक पहिचानलाई जोगाउन निरन्तर सक्रिय मंकाःखलले एउटा छुट्टै विशेषता बोकेको हनुमान नाचलाई अब रोकिन नदिने गरी जुटेको उनले बताए ।

नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहको भादगाउँ विजय पछि त्रसित र प्रताडित नेवारहरु भागेर आउँदा यस संस्कृतिलाई बागलुङमा ल्याएका र त्यहाँबाट वि.सं. २०२० को दशकमा यस बेनीबजारमा पनि भित्रीएको पाईन्छ ।

बेनीमा यसअगाडी बि.स २०५७ साल र सन् २००७ मा म्याग्दी जेसीजको ख सम्मेलनमा भाँकी मात्रै प्रर्दशन गरिएको थियो भने गत बर्ष म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा सातौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला, यसबर्ष बर्खेनाच र म्याग्दीमा जारी नेपाल जेसीजको ख सम्मेलनमा देखाइएको छ ।

दुई दशकपछि हनुमान नाचले निरन्तरता पाएपछि नयाँ पुस्ता समेत आर्कषित भएको छ । हनुमान नाचमा ११ जोडी पुरुषहरु विशेष श्रृंगारका साथ हनुमानको स्वरुपमा प्रस्तुत हुन्छन् ।

भेषभूषामा उनीहरुले रातो हाप बाहुला भएको कमिज, रातो जाङ्गे र सेतो जामा लगाएका हुन्छन् हरेकका दुवै हातमा दुई फिट जति लामो (डण्डी) हुन्छ । नाङ्गो खुट्टामा चापहरु हुन्छन् । कपडा (रिबन) का आकर्षक र रङ्गिन मालाले सजिएका हुन्छन् । मुख्य विशेषताका रुपमा करिब पाँच फिट लामो सिमलीको लठ्ठीलाई घुमाएर बनाइएको र कपडाका झुम्राहरुले आकर्षक तुल्याइएको पुच्छरलाई पछाडि ठड्याएका हुन्छन् ।

नाचको हरेक तालको आरम्भमा ज्या माक्को जोडीबाट अभिनय शुरु गरिन्छ र तदनुरुप अन्य हनुमानहरु पनि नृत्यमा सरिक हु्न्छन् । हनुमान नाच सलामीको तालबाट आरम्भ हुन्छ र यस तालमा सबै हनुमान त्यसपछि अन्य ताल (६ ताल, ८ ताल, १२ ताल, २२ ताल,२४ ताल) मा हनुमानहरु हातमा भएका दण्डीहरु ठोक्काउदै कहिले आम्ने साम्ने गर्दै र घुम्दै त कहिले गोलाकार संगठनमा नाच्दछन् ।

नृत्य तालको समाप्ति पश्चात ५ ताल तलिङ छ्यास“ को तालमा हिडाउँदै एक स्थानबाट अर्को स्थानमा लगिन्छ  वाद्यवादकहरुले बजाएको मृदङ्गा, झ्याली लगायतका बाजाहरुको निश्चित तालहरुमा उफ्रदै घुम्दै र हातका डण्डीहरु एक आपसमा जुधाउदै नाच्दा यस नृत्य साँच्चै आकर्षक देखिन्छ । लठ्ठीहरू ठोक्काउदा निस्कने आवाजले समेत नृत्यको वातावरण थप संगीतमय बनेको आभास मिल्छ ।

नाच सलामीको तालबाट आरम्भ हुन्छ र यस तालमा सबै हनुमान त्यसपछि अन्य ताल (६ ताल, ८ ताल, १२ ताल, २२ ताल,२४ ताल) मा हनुमानहरु हातमा भएका दण्डीहरु ठोक्काउदै कहिले आम्ने साम्ने गर्दै र घुम्दै त कहिले गोलाकार संगठनमा नाच्दछन् ।

नृत्य तालको समाप्ति पश्चात ५ ताल तलिङ छ्यास“ को तालमा हिडाउँदै एक स्थानबाट अर्को स्थानमा लगिन्छ । म्याग्दीको सदरमुकाम बेनीमा करिब साढे ३ सय बर्ष अगाडी मानवबस्तीको विस्तारसँगै नेवार समुदायले दर्जनको हाराहारीमा विभिन्न नाच लिएर आएका थिए ।

 

Leave a Reply