म्याग्दीमा विभिन्न समयमा चोरी भएका १० थान मोवाइल प्रहरीले सम्बन्धित ब्यक्तिलाई बुझाएको छ । सार्वजनिक सवारी साधनहरु, भिडभाड हुने स्थानहरु, घरभित्रबाट हराएको मोबाइल चोरी भएको निवेदनको आधारमा प्रहरीले आईएमई नम्बर परीक्षण गरी हस्तान्तरण गरेको हो ।

निवेदनकर्ताले मोवाइल कम्पनीको नाम, मोडेल र मोबाइलको आइएमइआइ (इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी) नम्बर सहित निवेदन दिएपछि खोजीकार्यमा सहज भएको प्रहरी निरिक्षक कुमार गुरूङले बताउनुभयो ।

‘हराएको मोबाइल प्रहरीमार्फत सम्बन्धित ब्यक्तिलाई दिनुहोला,‘इमान्दारितासँगै भविस्यमा हुने कारवाहीबाट पनि जोगिन सकिन्छ’ रााईले भन्नुभयो । प्रयोगकर्ताले मोबाइल भित्रको आवश्यक सुरक्षा नम्बरलाई सुरक्षित राख्नुपर्छ । चोरी भएको मोवाइलहरू सस्तोमा किन्ने, मोवाइल पसलमा लगेर बेच्ने र त्यही मोवाइल अर्कोले खरिद गरी लैजाने गरेको अवस्थामा समेत भेटिएको प्रहरीले जनाएको छ ।

म्याग्दीमा भेटिनेभन्दा चारगुणा बढी हराएका मोवाइलको निवेदन पर्ने गरेपनि धेरैजसोलाई आइएमइआइ नम्बर समेत नराखी निवेदन दिने गरेको प्रहरीले जनाएको छ । इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टी नम्बर ‘इएमआइइ’ दिएर उजुरी दिएपछि मोबाइल खोज्न प्रहरीलाई सजिलो हुन्छ ।

‘इएमआइइ नम्बर दिएपछि सिम फालेर मोबाइल चलाएपनि कहाँ चलिरहेको छ थाहा हुने भएकाले पनि प्रयोगकर्ताले अनिवार्य रुपमा इएमआइइ नम्बर सहित निवेदन दिएमा प्रहरीले देशभरीबाटै मोवाइल फेला पारेर ल्याउन सक्छ । अर्काको मोबाइल चोरी गरी प्रयोगमा संलग्नलाई ३० हजार देखि ५० हजारसम्म जरिवाना र कैद सजाय समेत हुन्छ ।

 

Leave a Reply