---Advertisement---

सरकार र शिक्षकबीच ७ बुँदे सहमति, आन्दोलनका कार्यक्रम सबै फिर्ता

On: September 22, 2023 8:45 PM
Follow Us:

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति भएको छ। वार्तापछि पत्रकारहरूसँग कुरा गर्दै सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आन्दोलनरत शिक्षकहरूसँग सरकारले सहमति गरेको बताएकी हुन्।सहमतिसँगै शिक्षकहरुले आन्दोलन पनि सबै फिर्ता भएको छ।

शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानूनी प्रबन्ध गर्ने लगायतका कुराहरूमा सहमती भएको छ। विद्यालय शिक्षा विधेयकका कतिपय विषयमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले तीन दिनदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका थिए।