प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अष्ट्रेलियाको आयोजनामा ‘नदेखिएको म्याग्दी ’नामक फोटो प्रदर्शनी, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

म्याग्दी जेसीजको आतिथ्यतामा आयोजित ख सम्मेलनमा आउने पर्यटकलाई लक्षित गरी आयोजित फोटो प्रर्दशनीको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो ।

म्याग्दी जिल्लाको पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा स्थानीय तहले समेत पूर्वाधारमा बजेटको विनियोजन गर्ने वातावरण बनाउन सोही अवसरमा स्थानीय तहका प्रमुखहरुसँग अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा फोटो प्रतियोगिताका प्रतियोगितामा प्रथम हुनुभएका अन्नपुर्ण गाउँपालिका–५,शिखका गणेश गुरुङ (सुरेन), द्वितिय हुनुभएका बेनी नगरपालिका-५,का अनुप बानियाँलाई क्रमश नगद रु.२० हजार, १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्रले पुरस्केृत गरिएको थियो ।

त्यसैगरी तृतिय र सान्त्वना स्थान हासिल गर्ने क्रमशः रघुगंगा गाउँपालिका–३, पिप्लेका भविन्द्र शाही र बेनी नगरपालिका–७, संगमचोककी रेन्जिसा श्रेष्ठलाई पाँच हजार र तीन हजार नगद सहित ट्रफि र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । त्यस्तै एसईईमा जिल्ला टपर सुवेदीलाई १५ हजार नगद सहित सम्मान गरिएको छ । भने म्याग्दीका अग्रज फोटो ब्यवसायी अंगद श्रेष्ठ, अमर बानियाँ ,प्रकाश कुमार श्रेष्ठ, सन्जयकुमार श्रेष्ठ, भोजबहादुर रिजाल  र मोना अन्तर्राष्ट्रिय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष ददिवल खड्का, सन्तोष महतलाई सम्मान गरिएको छ ।

जिसस प्रमुख थापा,मोना अष्ट्रेलिया अक्षयकोषका संरक्षक दिपेन्द्र श्रेष्ठ लगायतले पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । गुरुङले खिच्नुभएको अन्नपूर्ण गाउँपालिका–४,स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने मौरिस हर्जोग पदमार्गको फुतफुते झरनाको तस्बिर प्रथम भएको थियो । सामाजिक सञ्जाल मोना अष्ट्रेलियाको फेसबुक पेज मार्फत तस्बिरहरु सार्वजनिक गरिएको थियो ।

मोना अष्ट्रेलियाले गत साउनको ६ देखि ९ गतेसम्म म्याग्देलीहरु मार्फत म्याग्दीका पर्यटकीय स्थलको तस्विर संकलन गरेको थियो । मोना अस्टे«लीयाले आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेको थियो । साउन ३० गतेसम्म सञ्चालित कार्यक्रममा १३९ जना सहभागी भएका थिए ।

 

 

Leave a Reply