प्रेस काउन्सिल नेपालले युवा पत्रकारिता पुरस्कारबाट म्याग्दीका क्रियाशिल पत्रकार अमृतप्रसाद पौडेल (बास्कुने)लाई सम्मान गरेको छ । पत्रकारितामार्फत राष्ट्रलाई योगदान पु¥याउन सफल पौडेललाई प्रेस काउन्सिलले नगद १० हजारसहित सम्मानपत्रले सम्मान गरेको हो ।

प्रेस काउन्सिल नेपालको ५४ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, सञ्चारमन्त्री रेखा शर्मा र काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले उहाँलाई पुरस्कार प्रदान गर्नुभएको थियो । बि.स २०५९ सालबाट म्याग्दी सन्देश साप्ताहिकबाट पत्रकारिता सुरु गरेका बास्कुने हाल गोरखापत्र दैनिक, इन्सेक प्रतिनिधि तथा स्थानीय पत्रपत्रिकामा रहेर पत्रकारिता गर्दै आउनुभएको छ ।

यसैबीच पत्रकारिताको क्षेत्रकै नियमित गर्ने संस्थाले सम्मान गरेकोमा उत्साहित भएको बास्कुनेको भनाई छ । उहाँले आफुँलाई सम्मानका लागि मुल्याङ्कन गर्नुभएकोमा काउन्सिललाई बास्कुनेले धन्यवाद दिनुभएको छ ।

Leave a Reply