म्याग्दीको बेनी नगरपालिका-७कुरिलाखर्कमा अवस्थित महारानी क्षेत्र विकास समितिको चौथो अधिवेशन तथा पाँचौ वार्षिक साधारणसभाबाट चन्द्रबहादुर खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरिएको छ । शनिबार मन्दिर परीसरमा आयोजित साधारणसभाले उपाध्यक्षमा बिक्रम श्रेष्ठ, सचिव प्रेमबहादुर घिमिरे, कोषाध्यक्ष अन्जु मल्ल केसी, सह–सचिव उमा रिजाल रहनुभएको छ ।

समितिको सदस्यहरूमा क्षेत्रबहादुर हमाल, ललित जिसी, सिता बानियाँ,पुष्पा खड्का थापा, गुरूबहादुर थापा,सम्झना केसी,अर्जुन पौडेल, भिमकुमारी भण्डारी, सुन्दर श्रेष्ठ, पूर्णबहादुर जिसी, महेन्द्र श्रेष्ठ, हरिमायाँ श्रेष्ठ, प्रकाश बानियाँ र सुन्दर केसी रहनुभएको छ । साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेले महारानी क्षेत्र सबैको आस्थाको धरोहर भएको बताउनुभयो ।

महारानी थान मन्दीरको प्रचारप्रसार र पूर्वाधार निर्माण गरी धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नगरपालिकाले समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । गण्डकी प्रदेशसभाकी सदस्य बिमला गौचनले महारानी क्षेत्रको रणनैतिक योजना बनाएर अगाडि बढ्ने र पूर्वाधार बनाउन सकेमा ठूलो मात्रामा आन्तरिक पर्यटन भिœयाउन सकिने बताउनुभयो ।

कार्यक्रममा समितिका संस्थापक अध्यक्ष प्रकाश श्रेष्ठ, मालपोत अधिकृत साधनाकुमारी श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी बेनी शाखाका सभापति ज्ञान गिरी लगायतले मन्तब्य राख्नुभएको थियो । साधारणसभा समितिका अध्यक्ष लक्ष्मीकुमारी जोशीको अध्यक्षता, भिमबहादुर खत्रीले आर्थिक प्रतिवेदन र सहसचिव बिक्रम श्रेष्ठले प्रगति प्रतिवेदन तथा सञ्चालनमा सम्पन्न भएको थियो । प्रस्तुत गर्नुभएको थियो ।

म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको महारानीथान मन्दिरमा दर्शन, भाकल र पुजाआज गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास बोकेको छिमेकी जिल्ला बागलुङ, पर्वत तथा देशका विभिन्न जिल्लाबाट समेत भक्तजनहरु आउने गरेका छन् । मन्दिरमा दैनिक पूजापाठ हुन्छ ।

Leave a Reply